पस्चिमी मुलुकका औषधी पहिले नेपालीमाथि परिक्षण, पास भए बल्ल विदेशीले गर्छन् प्रयोग

पहिले पहिले नयाँ औषधीहरु मानिसले प्रयोग गर्नु अघि बाँदर, सुँगुर, गिनिपिग, मुसामा प्रयोग गरिन्थ्यो । ति जिवमा परिक्षण गरेपछि उचित देखिए मानिसले प्रयोग गर्ने, नत्र रद्द गरिन्थ्यो । अहिले पस्चिमेली देशका नागरिकले प्रयोग गर्नु अघि औषधीहरु नेपालीमाथि परिक्षण गर्न थालिएको छ । परिक्षणका क्रममा औषधीले साईट इफेक्ट गरेका बिरामीहरुलाई परिक्षणकर्ता चिकित्सकहरुले अस्पत्तालको निगरानीमा राख्ने गरेका छन् ।  यो तथ्य सार्वजनिक भएपछि सामाजिक सन्जालमा तिब्र बिरोध शुरु भएको छ ।

नयाँ पत्रिका दैनिकले ‘विदेशी औषधी, बिदेशी फन्ड : नेपालीमाथि अनुसन्धान‘ शिर्षकमा बिदेशी कम्पनीहरुले आफ्नो देशमा प्रयोग गर्नु अघि नेपालीमाथि परिक्षण गर्ने गरेको तथ्य सार्वजनिक गरिदिएपछि यस्तो बहस शुरु भएको हो । सार्वजनिक भएको रिपोर्टका अनुसार अमेरिकाको जिलेड कम्पनीले बनाएको हेपाटाइटिसको औषधि नेपालमा प्रयोग गराउन जिआइजेड, सेभ द चिल्ड्रेन, एनएएससीको आर्थिक सहयोग ल्याउने गरेका छन् । यस्तो परिक्षण गर्ने काममा डा। सुधांशु केसी र डा। समीरमणि दीक्षित लगायतका चिकित्सकहरु लागिपरेका छन् । तिनले बिदेशी कम्पनीसित मिलेर परिक्षणका अलगि आर्थिक सहयोग लिने र यता नेपालमा परिक्षणकालागि अनुमति लिने गरेका छन् । यस्ता औषधी परिक्षणकालागि स्वास्थ्य अनुसन्धान परिषद्दले उनीहरुलाई अनुमति दिने गरेको छ ।

बिदेशी औषधी ल्याएर नेपाली निमुखाहरुमाथि परिक्षण गर्ने र ति औषधीको साईड इफेक्ट हेर्न अस्पत्तालमै रकहेर निगरानी गरिने गरेको तथ्यपनि परिक्षणकर्ता चिकित्सकले स्विकारेका छन् । औषधी ल्याएर परिक्षण गर्ने गरिएपनि परिक्षणकर्ता नेपाली चिकित्सकहरुले भने परिक्षण होइन उपचार गर्ने गरिएको भन्दै ढाँट्ने गरेको तथ्य सार्वजनिक भएको छ ।

बिदेशी औषधी ल्याएर मोटो रकम लिँदै नेपालीमाथि परिक्षण गर्ने च्कित्सकहरुले बचाउ गरेपनि अन्य चिकित्सकहरुले यसका बिरुद्द मुख खोल्न थालेका छन् । डा रामेश कोइरालाले यसको खुलेर बिरोध गरेका छन् ।

हात्तीपाइले चक्की, पोलियो खोप, टाइफाइड खोप, हेपाटाइटिस खोप सबै परिक्षण गरिएको बताएका छन्। यसका लागि उत्पादक कम्पनी मात्र होइन अनुसन्धानकर्ता र कतिपय अवस्थामा विश्व स्वास्थ्य संगठनसमेत लागिपर्ने भनाई कोइरालाको छ । टाइफाइडको TCV भ्याक्सिन पनि ‘काम लाग्छ कि लाग्दैन’ भनेर अहिले नेपालमा TyVAC  मार्फत अनुसन्धान भइरहेको कोइरालाले बताएका छन् ।

यो रिपोर्ट सार्वजनिक भएपछि सामाजिक सन्जालका यसका बिरुद्द चर्को बहस शुरु भएको छ । यसलाई रोक्नुपर्नेमा धेरैले जोड दिएका छन् । चर्चित कानुनबिद, प्राध्यापक डा युवराज संग्रौलाले यसको बिस्त्रित रिपोर्ट पाएमा सर्वोच्च अदालतमा यसका बिरुद्द लड्ने सामाजिक सन्जालमा उल्लेख गरेका छन् ।

तपाइँको प्रतिक्रिया