सचेत रहेछन् जर्मनीका वालवालिका, सिरियाली वालवालिकाकालागि सडकमै ओर्लेर यसरि गरे सहयोग

जर्मनीको बर्लिन निवाशी वालवालिकाले सिरियाका पिडित र शिक्षाबाट बन्चित वालवालिकाको लागि मानविय पहल थालेका छन् । मार्च १६ का दिन सिरियामा जातिय द्वन्द शुरु भएको आठौं वर्ष शुरु भयो । त्यहि अवशर पारेर शिक्षाबाट बन्चित वालवलिकाको सम्झना र सहयोगमा जर्मन स्कुले वालवालिकाले टेडि बेयर (खेलौना टेडी भालु) जर्मनीको कोन्जरहाउसमा थुपारिदिएका हुन् ।

वालवालिकाले ७४० वटा टेडि भालु थुपारिदिएका थिए । एउटा भालुले एक हजार वालवालिकाको प्रतिनिधित्व गर्ने तिनले बताएका छन् ।

सिरियामा करिब २५ लाख वालवालिका शरणार्थी बनेका छन् । ति मध्ये सात लाख ४० हजार बिध्यालय जाने उमेरका छन् । च्यारिटी वर्ल्ड भिजन जर्मनीका अनुसार ति वालवालिका शिक्षाबाट बन्चित छन् । तिनले शिक्षा पाउनुपर्ने माग जर्मनीका वालवालिकाको छ ।

‘मैले घरमा भएका केहि टेडी भालु र अन्य खेलौना ल्याएर मेरो घर नजिकको सिरियाली शरणार्थी शिविरमा दिएँ । यो सानो सहयोग हो । तर सहयोग कति भन्दापनि यसले मेरो उनीहरुप्रतिको साथ र समर्थन जनाउँछ ‘ ११ वर्षिया फ्री मुलेमानले थुप्रामा टेडि बेयर राखिदिँदै भनिन् ‘उनीहरुलाई सामान्य, आदरपूर्ण तरिकाले ब्यवहार गरेर, जर्मनीको दैनिक जिवनमा घुलमिल हुन प्रेरित गरेर र बिध्यालय जाने उमेरकालाई शिक्षा दिएर सहयोग गर्न सकिन्छ ।’

सिरियाबाट भागेर जर्मनी आएका १८ वर्षिय हुसन अल्हर्की अहिले जर्मनीमा अध्ययन गरिरहेका छन् । परिक्षाको बेला मिसाईल आक्रमणले आफ्नो पाठशाला ध्वस्त भएपछि उनले लुकेर ज्यान जोगाएका थिए । सन् २०१६ मा जर्मनी आएका उनले भाषा राम्रोसित सिके । त्यसपछि स्टुटगार्डको एक बिध्यालयमा अध्ययनकालागि उनी छानिए । उनी अहिले त्यहिँ अध्ययनरत छन् । तर सिरियाका अन्य वालवालिका र आफू जस्ता बिध्यार्थीको भविष्यका बारेमा चिन्ता ब्यक्त गरिरहन्छन् । ‘यो सातौं वार्षिकी हो र आठौं वर्ष शुरु भयो, सिरियामा युद्द भएको । यसको अर्थ विश्वले ध्यान दिएनछ । सबैले सोचेर उपाय खोजेको भए सातौं वार्षिकि आउनेनै थिएन । विश्वका मानिस सचेत रहेनछन्’ उनले भने ।

तपाइँको प्रतिक्रिया