रोल्पाबाटपनि जिते प्रचण्डले
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) अत्यधिक बहुमतका साथ रोल्पा क्षेत्र न २ बाटसमेत विजयी भएका छन। यस अघि उनी काठमाडौ १० बाटपनि विजयी भईसकेका छन। रोल्पाबाट उनले एमालेलाई लाजमर्दो मतले पछाडी पारेर जितेका छन। प्रचण्डको मत ३४ हजार दुइ सय २० छ भने उनका प्रतिद्वन्दि नेकपा एमालेका शान्त कुमार ओली हुन। उनको जम्मा ६ हजार २९ मत आएको छ।
निर्वाचन अगाडी नेकपा एमालेले प्रचण्डलाई जिताउनुपर्ने भन्दै यो क्षेत्रबाट आफ्नो उम्मेदवार झिक्ने घोषणा गरेको थियो। तर माओवादीले यहाँ कसैको पनि सहयोग र समर्थन नचाहिने बरु एमालेले आफ्नो हारलाई ढाक्न जनता समक्ष ढाँट्न त्यस्तो घोषणा गरेको भन्दै माओवादीले तिब्र आलोचना गरेपछि आफ्नो उम्मेदवारलाई कायमै राखेको थियो।
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक




