बेलायतमा पत्रकारपत्रकारबिच भिडन्त, कार्य समितिकै पदाधिकारीहरुबाट शाखा भंग गर्न माग

नेपाल पत्रकार महासंघ बेलायतमा यतिखेर भाँडभैलो र बिवाद मच्चिएको छ । पत्रकारहरु बिभिन्न खेमामा बिभाजित भएका छन् । नेपाल पत्रकार महासंघ बेलायतको नेत्रित्वले बेलैमा अधिवेशन गरि नयाँ नेत्रित्व चुन्ने र सदस्यता बितरण टुंगो लगाउने काम गर्न नसकेपछि संघको हैसियत अबैधानिक बनेको हो । शाखाले अधिबेशन गर्न नसकेपछि केन्द्रले पत्र काटेर केन्द्रको निर्णयबिना कुनै निर्णय नगर्नु भन्ने निर्देशन बेलायत शाखालाई दिएको थियो । शाखाले केन्द्रिय निर्देशन नटेरेपछि झन बिवाद बढेको हो । अधिबेशन गर्न नसक्नुको भित्रि रहस्यपनि संघलाई कसले कब्जामा लिने भन्ने उद्देश्य रहेकाले हो । पत्रकार महासंघ युकेले बिधानत सदस्यता बितरण, नबिकरण र समयमै अधिबेशन गर्न नसकेपछि शाखा अबैधानिक भएको भन्दै पत्रकारहरुले शाखा भगं गर्नुपर्ने माग गरेका छन् । 

नेपाल पत्रकार महासंघ युके (एफ एन जे युके) ले मार्चको ६ भित्रै अधिबेशन गर्नुपर्ने थियो । तर सकेन । समितिको सदस्य बन्नकालागि ११४ जनाले आबेदन भरेका थिए । शाखाले सदस्यहरुको छानबिन गरि सदस्यता बितरण मा पारदर्शिता अपनाउन  सकेन । सदस्यता बितरणको न्युनतम मापदण्ड पालना गर्नुभन्दा अधिबेशनमा आफ्नो प्यानल र पक्षलाई बिजयी गराउने आकंक्षाले आफ्ना निकटका, आफ्नो पक्षमा मतदान गर्नेहरुलाई सदस्यता बनाउन खोज्दा झन बिवाद चर्कियो । आफू अनुकूल एन एन जे युकेलाई चलाउन खोज्दा अधिबेशन गर्ने मितिपनि घर्कियो । संस्थाको बिधि बिधान मिचेर र केन्द्रलाईसमेत बेवास्ता गरेर आफू अनुकुल निर्णय गर्न खोजेको बुझेपछि कार्य समितिकै सदस्यहरु अध्यक्ष नरेश खपांगी मगरको निर्णय बिरुद्द हस्ताक्षरमा उत्रिएका छन् । उनीहरुले केन्द्रमा उजुरी दिएका छन् ।

सदस्यता नबिकरण र बितरण गर्ने म्याद जनवरी २१ सम्म थियो । त्यो अवधिमा शाखाले सदस्यता बितरण र नबिकरण गर्न सकेन । त्यसपछि मार्च ११ मा शाखाको बैठक बसेर आफूखुशि सदस्यता बितरण र नबिकरणको निर्णय गरेको थियो । मार्च ६ सम्म मात्रै कार्यकाल रहेको शाखाले मार्च ११ मा निर्णय गर्नु आफैंमा बिधानको उल्लंघन भएको भन्दै बेलायतस्थित पत्रकारहरुले आपत्ती जनाएका छन्  ।

यो निर्णय नेपाल पत्रकार महासंघले चैत्र २५ गते दिएको निर्देशन बिरुद्दपनि देखिएको छ । केन्द्रिय समितिका तर्फबाट महासचिव रमेश बिष्टले बेलायत शाखालाई केन्द्रको निर्देशन बिरुद्द कुनैपनि प्रक्रिया अगाडि नबढाउनु भन्दै चैत्र २५ गतेनै लिखित पत्र पठाएका थिए । केन्द्रले पठाएको निर्देशनमा उल्लेख छ ‘नेपाल पत्रकार महासंघ बेलायत शाखाको  अधिवेशन समयमा सम्पन्न नभएको र नयाँ सदस्यता तथा नविकरण केन्द्रमा प्राप्त नभएको संवन्धमा जानकारि गराउन अनुरोध छ । साथै, अधिवेशन समयमानै सम्पन्न नभएको र नयाँ सदस्यता तथा नविकरण हुन नसकेको बारे केहि सदस्य तथा सञ्चारकर्मीको गुनासो र उजुरी केन्द्रिय कार्यालयमा प्राप्त हुन आएकोले केन्द्रसँग समन्वय र परामर्शमा मात्रै अन्य प्रक्रिया अगाडि बढाउन अनुरोध छ ।’ केन्द्रले यस्तो निर्देशन दिँदादिँदैपनि त्यसलाई अटेर गर्दै शाखाले सदस्यता नबिकरण र बितरणको निर्णय गरेको हो ।

शाखाका केहि पदाधिकारीहरु बैठक बसेर केन्द्रको निर्देशनलाई लत्याएर मे १९ का दिन अधिबेशन गर्ने भन्दै गरिएको निर्णय आपत्तिजनक भएकाले त्यसलाई नमान्ने पत्रकारहरुले बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युकेलेपनि मे १९ मा अधिबेशन गर्ने शाखाको निर्णय बिरुद्द प्रेस बिज्ञप्ती जारी गरेको छ । बिज्ञप्तीमा भनिएको छ ‘नेपाल पत्रकार महासंघ बेलायत शाखाका निवर्तमान कार्यसमितिका मुठ्ठीभरका सदस्यहरुको यस बदनियतपूर्वक र सुनियोजित षडयन्त्रका बिरुद्द बेलायतबासी नेपाली जनजाति पत्रकारहरु र सम्प्पोर्ण न्यायप्रेमी नेपालीहरु एक हुन फोनिज युके हार्दिक अपिल गर्दछ ।’

बेलायतमा बसेर विभिन्न पत्र पत्रिका, संचार माध्यममा पत्रकारिता गरिरहेका पत्रकारहरुलाई सदस्यता नदिई उनीहरुको मनोवल गिराउने, नेपाल पत्रकार महासंघ, बेलायतका कमी कमजोरीका बारेमा उठान गर्ने संचार माध्यम पत्र पत्रिकालाई धम्की दिने गरेको नेपाल प्रेस युनियन बेलायत शाखाले आरोप लगाएको छ ।  राजनीतिक संस्थाका पदाधिकारीलाई सदस्यता दिने संकुचित, अबैज्ञानिक, घातक निर्णय फिर्ता लिई सबै संचारकर्मी, पत्रकारहरुको हकमा निष्पक्ष्य निर्णय गर्न नेपाल प्रेस युनियन, बेलायत शाखाले माग गरेको छ ।

विधानत : कार्यअवधि सकिएको कार्यसमितिले सदस्यतालगायत अन्य विषयमा गरेको निर्णय स्वतः अवैधानिक र मान्यसमेत नहुने भन्दै महासंघको शाखाको विधान, केन्द्रीय विधान र वैदेशिक नियमावलीको समेत निर्देशनको पालन नगर्ने, विधिविधानको उल्लंघन गर्ने र समयसीमाभित्र महाअधिवेशनसमेत गर्न नसकेको भन्दै पत्रकार महासंघ यूके शाखाको अध्यक्ष नरेश खपांगी मगरको नेतृत्वमा रहेको समिति भंग गरी नयाँ तदर्थ समिति तत्काल गठन गर्न माग गरिएको छ । शाखा बिधानत खारेज भैसकेको भन्दै नयाँ तदर्थ समिति गठन गरि शाखाको महाधिवेशनको मिति तोक्न केन्द्रसित माग गरिएको छ । शाखा भंग गरि नयाँ तदर्थ समिति गठनको माग गर्नेहरुमा शाखाका संस्थापक सदस्य एवं पूर्व पार्षद बिपिन निरौला, आदीवासी पत्रकार महासंघ, यूकेका महासचिव खुशि लिम्बु, निवर्तमान उपाध्यक्ष धर्मराज अधिकारी, संस्थापक सदस्य मिलन शर्मा, अर्का संस्थापक सदस्य गुणदेव घिमिरे लगायत एक दर्जन मेडियाकर्मीहरु छन् ।

-निबेदकहरुको सूचि हेर्नुस-

विपिन निरौला — संस्थापक सदस्य एवं पूर्व पार्षद, नेपाल पत्रकार महासंघ, यूके

खुशी लिम्बु — महासचिव, आदीवासी पत्रकार महासंघ, यूके

धर्मराज अधिकारी — निवर्तमान उपाध्यक्ष, नेपाल पत्रकार महासंघ, यूके

मिलन शर्मा — संस्थापक सदस्य,नेपाल पत्रकार महासंघ, यूके

गुणदेव घिमिरे – संस्थापक सदस्य,नेपाल पत्रकार महासंघ, यूके

संजयभक्त कंडेल – प्रधान सम्पादक, दर्पण संसार

बिनय अधिकारी – अन्नपुर्ण टिवि

मनिष श्रेष्ठ – संस्थापक सम्पादक (लण्डन पोस्ट), नेपाली टिवी युके

सुशील प्रजापति- विदेश बिभाग प्रमुख, रफत संचार क्लब

कृष्णा भण्डारी – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

जसन भट्टराई -सदस्य निवेदक,नेपाल पत्रकार महासंघ, यूके

प्रकाश महर्जन – सदस्य निवेदक,नेपाल पत्रकार महासंघ, यूके

आशिस महर्जन – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

खेमराज रानाभाट – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

विकेशराज बस्नेत – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

रोमियन लिम्बु – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

लालबहादुर गुरुङ – सदस्य निवेदक, नेपाल पत्रकार महासंघ, यूके

तपाइँको प्रतिक्रिया