फोटोमा जिवजन्तु (४० औं भाग)

क्यालीफोर्नियाको पालो अन्टो भन्ने ठाउँमा पाइने हाइड्रेन्जिया फूल । फोटो- क्लेयर वि / याङ यु वै

क्यानडाको युको क्षेत्रस्थित तोम्स्टोन टेरिटोरियल पार्क । फोटो-  आन्द्रिय बोजी

फिलिपिन्सको काभिट प्रान्त स्थित नोभेता टाउनसिप सिमसारमा बकुलाको बथान । फोटो- फँसिस आर मालासिग / ईपिए

पूर्वी रुवान्डाको आकागेरा राष्ट्रिय निकुञ्जमा इम्पाला म्रिगहरु । फोटो- सिन्हुवा बारकोफ्ट इमेजेज

जापानको होक्काईदोमा रहेको कुशिरो स्थित आकान तालमा हिमफूल ।  फोटो- आसाहि सिन्बुन

जर्मनीको कार्ल्स्रु स्थित ओ आम रेईम नजिकपर्ने राईन नदीमा एक जोडी म्युट स्वान (हाँस) प्रेममा रमाउँदै ।  फोटो- रोनाल्ड वितेक ई पिए

ह्वाईट लेटर हेयरस्टिक नामको पूतली स्कटल्याण्डको एक वगैंचामा फूलको रस  चुस्दै । अति दूर्लभ अवस्थामा रहेको यो पूतली एक सय ३० वर्षपछि स्कटल्याण्डमा प्रजजन गरेको भेटिएको छ । फोटो- टिम मेलिङ / बटरफ्लाई कन्सरभेसन / पिए

 

न्युजिल्याण्डको क्विन्सटाउनस्थित बेन लोमोन पार्कमा भेटिएको अति दूर्लभ श्रेणीको केया सूगा । विश्वको यो एक मात्र अल्पाईन सूगा हो । फोटो- मुर्दो माक्लेओड  / द गार्डियन

प्यालेस्टाईनको पश्चिम तटिय शहर जानिनमा तोरीका फूल । फोटो- आला बादर्नेह ई पीए

दुबाईको रास अल खोर वन्यजन्तु आरक्षमा पिन्क फ्लेमिंगो चराको हुल । फोटो- करिम सहिब / ए एफ पी / गेटी इमेजेज

बेलायतको ओकस्फोर्डसायर स्थित कट्स्वाल्ड पार्कमा बसेर बाहिरपट्टी टेबल टेनिस खेल नियालीरहेको रोबिन (मारुनी चरा) । फोटो- पोल नोल्स बारकोट इमेजेज

तपाइँको प्रतिक्रिया