फोटोमा जिवजन्तु (४१ औं भाग)

दक्षिणपूर्व चीनको फुजियान प्रान्तको राजधानी फूझाउमा चेरी फूलहरूको हाँगामा एउटा चरा । फोटो: सिन्हुआ / बारकोफ्ट इमेजेज
ग्रीनपीसको एक जहाज जुन आर्कटिक क्षेत्रको सूर्योदयले अन्टार्कटिक प्रायद्वीपको शार्लोट बेमा हिमशिला पछ्याएको छ । फोटो: क्रिश्चियन सलुंड / ग्रीनपीस

जब ध्रुवीय भालु (पोलार बेयर) का आमा र तिनका बच्चा वसन्त ऋतुमा उनीहरूको गुँडबाट बाहिर आउँदछन् तब बच्चाहरू न्यानोपन र सुरक्षाको लागि आफ्नी आमाको नजिक रहन्छन् । एकचोटि बच्चा बलियो भएर तिनमा आत्मविश्वास भएपछि, ती समुद्री बरफको लागि आफ्नो आमाको साथ यात्रा गर्छन् ताकि उनीहरुले सिलहरूको खोजी फेरि सुरु गर्न सकुन् । फोटो- डेब्रा गार्साईड / प्राकृतिक इतिहास संग्रहालय
केन्याको मासैमारा राष्ट्रिय आरक्षित क्षेत्रमा एउटा अनौंठो दृश्य देखियो – लिलाक ब्रेस्टेड रोलर नामको ठेउवा चरा देखिएर । सामान्यतया तिनीहरू पातहरूको माथिल्लो भागमा बस्न रुचाउँछन् । तर यस ठेउवाले एक घण्टा वा सो भन्दा बढि उडेर जेब्राको ढाडमा बसेका कीराको भोजनको आनन्द लिने गरेको पाइयो । फोटो: लसिथा करुणरथना / प्राकृतिक इतिहास संग्रहालय
व्हाईट टेल्ड सि इगल (सेतो पुच्छर भएको समुद्री चील) रूसको सुदूर पूर्वको उत्तरी पूर्वी तटमा सर्नु अघि भ्लादिवोस्तोकको जोलोटोय रोगको बरफ मुक्त खाडीमा जाडोयाम बिताउने गर्छन् । फोटो: युरी स्मृतियुक / TASS