स्विस र इटालीका प्रहरीद्वारा ७५ माफिया पक्राउ

स्विस र ईटालिका प्रहरीहरुको संयुक्त अनुसन्धान टोलीले ७५ जना संदिग्ध माफियाहरुलाई पक्रेको छ । ड्राङ्गेटा नामका ति माफियाहरुलाई तिनले सामूहिक छापा हानेर पक्राउ गरेका हुन् ।

वर्षौंको अनुसन्धानपछि तिनले पहिचान गरेर दुबै तर्फको प्रयासमा सामूहिक तरिकाले छापा हानेको बताइएको छ । ईटालीको आर्थिक अपराध अनुसन्धान शाखाले भनेको छ ‘हामीले यि संदिग्ध माफियाहरुको वर्षौंदेखि अनुसन्धान गरेका थियौं । त्यो अनुसन्धानपछि स्विस प्रहरीसित मिलेर छापा हानियो र पक्राउ गरियो ।’ स्विजरल्याण्ड र ईटालीको सिमा जोडिएकाले ति माफियाहरु यि दुई देशबिच ओहोर दोहोर गर्ने र माफिया धन्दा चलाउने उल्लेख गरिएको छ ।

ति पक्राउ परेका ७५ जना माफिया एसोसिएसन, अन्तर्राष्ट्रिय लागू औषधमा संलग्न, संपत्तीको गलत पन्जिकरणकर्ता र भ्रस्टाचारमा संलग्न छन् ।

अधिकारीहरुले तिसितबाट १६ करोड ९० लाख डलरसमेत बरामत गरेका छन् । तिनलाई हाल कडा अनुसन्धानमा राखिएको छ । बाँकी ८३ जनापनि अनुसन्धानमा परेको तर पक्राउ भने नगरिएको ईटालीको प्रहरीले जनाएको छ । यो अपरेसनमा सात सय ईटालियन प्रहरी परिचलन गरिएको स्विस इन्फो न्युजले उल्लेख गरेको छ ।

स्विजरल्याण्डमा एक जना व्यक्ति क्यान्टोन आरगाउमा पक्राऊ परेका थिए । उनलाई हिरासतमा राखिएको छ । मंगलबार फेडरल अफिस अफ पुलिसको सहयोगमा क्यानटोन आरागाउ, सोलोथर्न, जुग र तिसिकीनोका घर र व्यवसायिक केन्द्रहरुमा खोजी गरिएको थियो । स्विजरल्याण्डको महान्यायधिवक्ता कार्यालयले मंगलबार उल्लेख गरेको छ ‘हतियार, गोला बारुद र पैसा तिसितबाट जफत गरियो । दुई अन्य संदिग्धहरुलाई स्विस पुलिसले केरकार गरेपछि रिहा गरियो ।’

सोमबारको संयुक्त कारवाही स्विस महान्यायधिवक्ताको कार्यालय द्वारा संचालन भइरहेको छ । यो आपराधिक कार्यसँग जोडिएका अधिकांश इटालीयन नागरिकहरू स्विजरल्याण्डमा बस्ने हुनाले स्विस प्रहरीहरुसमेतलाई संलग्न गराइएको हो ।

तिनीहरू आपराधिक कामलाई मद्दत दिने, त्यसमा भाग लिन सहयोग गर्ने, चोरी गरेको सामानहरू प्राप्त गर्ने, नक्कली पैसा चलाउने, हतियार र लागूऔषध तस्करीमा सहयोग गर्ने वा सहभागी भएको शंका गरिएको छ ।

“अभियुक्त धेरै वर्षदेखि स्विजरल्याण्डमा बसोबास गर्दै आएका छन् । सम्भवतः कानूनी गतिविधिहरू लगायतका लगानी, ऋण दिने वा रेष्टुरेन्टको व्यवस्थापन जस्ता अवैध गतिविधिहरू पनि गर्थे । यी सबै गतिविधिहरूले आपराधिक संगठनलाई मजबुत बनाएको विश्वास गरिन्छ” स्विस महाधिवक्ताको कार्यालयले भनेको छ ।

इटालीको दक्षिणी क्यालाब्रिया क्षेत्र भनेको विश्वको सबभन्दा शक्तिशाली संगठित अपराध गर्ने समूहहरूमध्ये एक हो ।

(फोटो- गार्दिया दि फिनान्जा)

तपाइँको प्रतिक्रिया