कसले धसिदिन्छ चरालाई यस्तो रातो ?

कुनै चरा असाध्यै राता हुन्छन् । कुनैको ठोंड रातो । कुनैका पखेँटा त कुनैका घाँटी वरिपरिका भुत्ला । कुनै चरा असाध्यै फुस्रा किन ? जेभएपनि चराको संसारमा रातो रङको विशेष महत्व हुन्छ ।

रातो रङलाई धेरै प्रजातिका चराले आफ्नो जोडीलाई आकर्षण गर्न वा आफ्नो प्रतिद्वन्दी चिन्न प्रयोग गर्छन् । तिनको ठोंड, प्वाँख, छालाको रातो रङले त्यहि काम गर्छ । जति रातो हुन्छ आफ्नो शरिरमा चराकालागि उति राम्रो ।

विशेषज्ञहरुले एउटा जीन पहिचान गरेका छन् जसले केही पक्षी प्रजातिहरूलाई तिनीहरूको आहारबाट पहेंलो रंगद्रव्य (पहेंला रङका थोप्ला,धब्बा)लाई उल्लेखनीयरुपमा रातोमा रूपान्तरण गर्न सक्षम बनाउँछ ।

रातो प्वाँख उत्पादन गर्न चराहरूले क्यारोटीनोइड भनेर चिनिने पहेंलो आहारमा हुने  पिगमेन्ट (साना साना छिर्का, धब्बा, थोप्लाहरु) लाई रातोमा परिणत गर्छन् । त्यसलाई प्वाँखमा राख्ने, सन्चय गर्ने गर्छन् । पोर्चुगलको युनिभर्सिटीका मिगुएल कार्नेरो भन्छन् “चराहरूले पनि यस्तै रातो र पिग्मेन्ट शंकु (तल्लो भाग ठूलो र माथि चुच्चिँदै गएको, यसलाई शुण्डाकार वस्तुपनि भनिन्छ) को फोटोरिसेप्टर प्रकारहरूमा संकलन गर्दछन् । तिनीहरूको रेटिनामा रंग र आँखाको शक्ति बढाउन मद्दत गर्छन् । हामीले एउटा जीन पत्ता लगायौं जुन एन्जाइमको लागि शुत्रको काम गर्दछ । त्यसले चराहरूमा पहेँलोलाई रातोमा रूपान्तरण गर्न सक्षम गराउँछ ।”
“यो कुरा थाहा थियो कि केही पक्षीहरूले रातो केटोकारोटिनोइड्स भन्ने तत्वलाई पहेलो क्यारोटेनोइड्सको संश्लेषण गर्ने वा बदल्ने क्षमता राख्छन् जुन उनीहरूले आफ्नो आहारबाट लिन्छन् । तर त्यसमा कुनै जीन वा एन्जाइम संलग्न हुन्छन् । त्यो शरिरको कुन स्थानमा हुन्छ, कुन अंगले त्यो काम गर्छ भन्ने चाहिँ अस्पष्ट छ” क्याम्ब्रिज विश्वविद्यालयका निक मुन्डी भन्छन् ।

तपाइँको प्रतिक्रिया