फोटोमा जिवजन्तु (३६ औं भाग)
जेनिन शहरको पश्चिम भेगमा बैजनी रगका फूलहरुको वगैंचामा जैतुनका रुख । फोटो- अला बदर्नेह / ईपिए
ईक्वेडरको गालापागोस स्थित सान्ता ख्रुज टापूमा गलापागोस मारिन ईगुना (ठूलो छेपारोको जाति) सानो ग्राउण्ड फिन्च (तितु चरा) को छेउमा घाम ताप्दै । फोटो- पाब्लो कोजाग्लियो / गेटी इमेजेज
अमेरिकाको फ्लोरिडास्थित भेनिसमा उड्दै गरेको ठूलो बकुल्ला । अलामी स्टक फोटो
केन्याको दक्षिणी भेगमा पर्ने मसाईमारा राष्ट्रिय वन्यजन्तु आरक्षमा हात्ती र जिराफलगायत अन्य जनावर । फोटो- यसुयोशी चिबा / ए एफ पी
गाबोनको उत्तरपूर्वी भागमा पर्ने म्वाग्ना राष्ट्रिय निकुञ्जमा रेन्जरहरु एउटा हात्तीको शरिरमा उच्च प्रविधीको जिपिएस (जनावरको शरिरमा राखिने सानो मेशिन जसले जनावर कहाँ पुगेको छ भन्ने मेशिनमा देखाउँछ) राख्दै । यसले चोर शिकारीहरु पत्ता लगाउन सहज हुन्छ । फोटो- स्ट्रिन्ङगर / एफ पी
बेलायतको लण्डनस्थित चिडियाखानामा जिवजन्तुलाई आहारा खुवाउने कर्मचारी पेनगुईन चराहरुलाई आहारा दिँदै । फोटो- जोए माहेर गेटी इमेजेज
ईजिप्टको दहाबस्थित समुद्रमा हजारौं भुरा माछासित पौडिँदै सेर्गेन्ट भनिने ठूलो माछा । फोटो- आन्द्रे न्क्रासोभ / बारक्रोफ्ट इमेजेज
रसियाको साईबेरियास्थित चेर्गा गाउँको युरोपियन बाईसन फार्ममा एउटा बाईसन । फोटो- बारक्रोफ्ट इमेजेज
ईजरायलको दक्षिणी क्षेत्रमा पर्ने रहत शहरको नेगेभ मरुभूमीमा बाक्लो हुल बनाएर उड्दै गरेका स्टार्लिङ चरा । फोटो- मेनाहेम कहाना / ए एफ पी
मेक्सिकोमा आफ्ना बचेरालाई आहारा खुवाउँदै पिन्क फ्लेमिङ्गो चराका माउहरु । फोटो- आलेजेन्द्रो प्रियतो रोजास / द गार्डियन दैनिक
ब्राजिलको गोईयासमा जगली फूलहरुको बगैंचा । फोटो- मार्सियो काब्राल / द गार्डियन दैनिक
बेलायतको देर्बिसायरमा रहेको पिक डिस्ट्रिक नेशनल पार्कमा साँझको द्रिष्य । फोटो- डेभ फियल्डहाउस / द गार्डियन दैनिक
बेलायतको वेल्सस्थित क्रिसियथमा गूँड बनाउन वनस्पती ठोंडमा चेपेर बसेको चाँचर चरा । फोटो- आलन प्राईस