फोटोमा जिवजन्तु (३२ औं भाग)
अफ्रिकन वाईल्ड डग भनिने अफ्रिकाका जंगली कुकुरहरु त्यहाँका दूर्लभ जिवमा परेका छन् । १० लाख संख्यामा रहेका कुकुरको संख्या अहिले सात हजारमा झरेको छ । फोटो- करिन एग्नर / एभ्रिडे एक्स्टिन्सन
पोर्चुगलको फोहोर फाल्ने ठाउँ (ल्याण्डफिल साईट) मा आहारा पर्खेर बसेको सेतो भूँडिफोर (गरुड) । सूर्योदय हुनासाथ यहाँ फोहोर ल्याएर फालिन्छ र चराहरुले त्यसैकालागि पर्खेर बस्छन् । यि चरा वर्षै पिच्छे अफ्रिका बसाई सर्छन् । फोटो- जेस्पेर डोयस्ट / एभ्रिडे एक्स्टिन्सन
चितवन राष्ट्रिय निकुञ्जमा खुट्टामा सिक्रीले बाँधेर राखिएको हात्ती । ५० वर्षको यो हात्तीले पाँच जना माहुते मारेपछि फेरि तालिम दिएर र बाँधेर राख्ने गरिएको हो । जिवजन्तु अधिकारकर्मीहरुले जनावरलाई कष्ट दिन नहुने र यसरि चरम यातनाका साथ मानविय हितमा प्रयोग गर्दा तिनको अधिकारको हनन हुने भन्दै अभियान थालेपछि पर्यटकहरुलेपनि हात्ती चढ्न रुची छोड्न थाले । त्यसैले आजकाल हात्तीमाथि पर्यटक चढाइन्न र तिनलाई पर्यटक तथा गाईडको सुरक्षा दिन र बाटो देखाउनकालागि जंगल लगिन्छ । अहिले यो चलन लोकप्रिय हुँदै आएको छ । फोटो- पाथ्रिक ब्राउन / एभ्रिडे एक्स्टिन्सन
प्रजातान्त्रिक गणतान्त्रिक मुलुक कंगोको सेन्खेवेस्थित भिरुंगा राष्ट्रिय निकुञ्जमा हिमाली गुरिल्ला (माउन्टेन गुरिल्ला) पाइने विश्वकै एक मात्र स्थान हो । टुहुरो यो गुरिल्लालाई निकुन्जका सुरक्षाकर्मीले लालनपालन गरिरहेका छन् । फोटो- मार्कुस वेस्टबेर्ग / एभ्रिडे एक्स्टिन्सन
बसाईसराईका क्रममा शिकारीले माल्टामा हानेको घाईते मुरली चरा (बि ईटर) पशु चिकित्शकको टेबलमा । माल्टा युरोप र अफ्रिका महादेशको बिचमा पर्छ र प्रत्येक जाडो र गर्मीयाममा धेरैचरा यि दुई महादेशमा बसाई सर्दा माल्टा भएर उड्छन् । माल्टामा हरेक वर्ष वसाई सर्ने चरा यसरिनै मारिन्छन् । फोटो- कियरन डोड्स / एभ्रिडे एक्स्टिन्सन
अफ्रिकामा गैंडा र हात्ती चोरी शिकारी गर्ने क्रम पछिल्लो समयमा झन बढेको छ । गत एक दशकमा अफ्रिकामा सात हजार गैंडा र २० देखि ३० हजार हात्ती मारिएका छन् । यो चोर शिकारीहरुले मारेको हात्ती हो । फोटो- डेभिड चान्सलर / एभ्रिडे एक्स्टिन्सन
यो १० वर्षे उमेरको दक्षिण अफ्रिकाको सेतो गैंडा (व्हाईट राईनो) लाई चोर शिकारीहरुले सन् २०१५ मा लठ्याउने सुई हानेर खाग (सिङ) झिकेका थिए र यो पोथी घाईते थिई । वन्यजन्तु निगरानीकर्ताले फेला पारे । ल्याएर उपचार गरे । तर सन् २०१६ मा म्रित्यु भयो । यो पोथी मारिएपनि वन्यजन्तु संरक्षकहरुलाई यस्तो गैंडाको उपचारमा नयाँ आशा र अनुभव मिलेको बताएका छन् । फोटो- आड्रियन स्टेईर्न / एभ्रिडे एक्स्टिन्सन
स्कटल्याण्डको केइर्नगोर्ममा परेको हिउँमा स्नो बन्टिङ (तितु चरा)। फोटो- पिटर जोली सटरस्टक
स्कटल्याण्डको केईनगोर्न राष्ट्रिय निकुन्जमा एउटा माउन्टेन हेयर (खरायो) । फोटो- पोल कार्पेन्टर / अलामी स्टक फोटो
स्लोभेनियाको मेदभोदस्थित जिल्जेमा एक जोडी स्वान (विकासे हाँस) । फोटो- स्त्जान जुभुलोभिक / रोयटर्स
जर्मनीको पश्चिम भागमा पर्ने कोलोनमा हिउँले छोप्न लागेको शिरिसको फूलको झुप्पा । फोटो- रोल्फ भेनेन्ब्रन्ड / ए एफपी