हरेक घरमा धारो, हरेक गाउँमा सिँचाई पुर्‍याउने एक्लो अभियान

मित्रलाल पार्दे / पोल्याण्ड

हामी जन्मन्छौं । मर्छौ । जन्मनु र मर्नुबिचको कर्म नै जिन्दगी हो । पानी अभियान शुरु भएको दुई वर्ष भयो । यो अभियानमा हजारौंले साथ दिरहनुभएको छ । दिनुहुनेछ । तर नारा पुरा गरेर यो मित्रलाल पार्दे मर्नु परोस् । पानी नारा पूरा गर्ने हो भने हामी सयौं रोजगार निर्माण गर्न सक्छौं । म यो फेब्रुअरिमा नेपाल जाने चाहना हुँदाहुँदै जान सकिन । त्यसको लागि माफि पनि चाहन्छु । मान्छे परिस्थितीको दास हो । तरपनि परिस्थितीसँग यथार्थ कल्पना र सपना जोड्दै पानी अभियानले गती लिएको छ । यो अभियान जागरण अभियानपनि हो ।

तपाईंहरुको साथ विना पानी अभियान अगाडि बढ्ने कुरो भएन । धेरै संघर्ष गर्दै अभियान पनि अगाडि बढाउनु छ । म हिंड्नेछु । डुल्ने छु । तर पनि त्यो समय आउनेछ । निरन्तर निरन्तर बढ्नेछु । हामीहरु दौडे देश बन्छ । हामीहरुले चाहे नहुने केही छैन । ईतिहास निर्माण एकै दिनमा हुँदैन । पानी अभियान एकै वर्षमा पुरा हुँदैन । हरेकले सानो तिनो सामाजिक काम सोच्ने हो भने हामी धेरै अगाडि बढ्न सकिन्छ ।

पानी अभियानलाई सरकारलेपनि साथ दिएकोले आफ्नो भिष्म अठोटमा केही लचिलो भएकै हो । तर नारामा म अडिग छु । हरेक घरमा धारो हुनै पर्दछ । त्यती हुँदैन भने हरेकले पानी पाउनै पर्दछ ।

पानी विना जिवको अस्तित्व सम्भव छैन । सुनपुरमा पानी अभियान शुरु गरें ।  तर अझै म सन्तुस्ट छैन । किन कि म पहिले त्यहाँ मेरो लक्ष्यमा पुग्नुछ । बोलेको करोड पनि जुटाउनु छ । आजसम्म प्रत्यक्ष पानी अभियानमा झन्डै झन्डै आधा करोड बोलिएको र जम्मा भएको गरेर अगाडि बढ्यो । जे छ त्यही प्रस्तुत भइरह्यो ।

सरकार अझै पानी मुद्दामा त्यती सम्वेदन्शील देखिएको छैन । आउँछ । बोल्छ । जान्छ । तथापी दुई वर्ष जती सरकारकोपनि चासो बढोस् भनेर केही लचक्ता देखाएकै हो । तर सरकार चुप लाग्यो भने यो मित्रलाल जीवन अर्पिएको पानी अभियानमा शशक्त भएरै लाग्नेछ । त्यो दिन आदरणीय व्यक्तित्वहरुको साथ पाउनेछु भन्ने आशा राख्दछु । बिदेश बसेर गाउँको लागि एउटा परिकल्पना गरिरहेको छु । अवश्य त्यो परिकल्पना साकार हुनेछ । हरेक घर धारो हुनेछ । अवश्य हुनेछ । तरपनि जुन दिनसम्म ८०० परिवारमा हरेक घरमा धारो हुने छैन त्यो दिन सम्म मेरो जन्म दिनमा केक भने काट्ने छैन । यो मेरो प्रतिज्ञापनि हो ।

घरमा पुग्दा एक गाग्री पानी लिनपनि समस्या पर्ने त्यो पिडा जसरी पनि हटाउनुछ । समय लाग्छ, समय सितै पानी अभियानले जित्नेछ । मैले पानी अभियान शुरु गरें २०१६ फेब्रुअरी २९ देखि । आजसम्म देश बिदेशसम्म पानी अभियान धेरैलाई बुझाउने मौका भएको छ । हरेक घर धारो हरेक गाउँ सिँचाइ । यो नारा सरकारको कानमा पनि पुर्याउन सफल भएकोमा मलाई गर्व लागेको छ । जुन बेला पानी अभियान शुरु गरें त्यो बेला गाउँमा पानी थिएन । त्यसो त, जनतालाई जगाउने काम गरियो । गाउँलेहरु भेला भए । सरकारले पनि साथ दिँदै गयो । त्यसो त, पानी अभियान एकै दिन वा दुई चार वर्ष भित्रैमा सफल हुने अभियान पनि होइन । धैर्य चाहिन्छ ।

आज सरकारले, नगरपालिकाले अनी हरेक व्यक्तित्वहरुले साथ दिइरहेका छन् । केहि समय सरकारको पनि चासो हेर्नु परेको छ । तर अब आशा गर्दछु, मैले उठाएको पानी अभियानको नारा देश बिदेशमा फैलनु पर्छ । यहाँ पानीको कुरा गरेको छु । कुनै धर्मको कुरो गरेको छैन । न त जातको कुरा गरेको छु । कुनै वर्गको कुरा गरेको छैन । सबै प्राणीले पानी घर आँगनमै पाउनुपर्छ भनेर संघर्ष गरिरहेको छु । कुनै पनि हालतमा पानी हुनैपर्दछ ।

हालसम्म पानी अभियानमा झन्डै ४० लाख जतिको सहयोग घोषणा भयो । त्यसो त, प्रत्यक्ष अप्रत्य्क्ष रुपमा सरकारले पनि साथ दियो र योजनामा पार्ने काम गर्‍यो । तथापी त्यतिले म सन्तुस्ट छैन । तरपनि एउटा गोरेटो बनाउन पानी अभियानमा सरकारपनि मिसियो । अप्रत्यक्ष रुपमा करोडौंको काम बिभिन्न ठाउँमा पानी अभियानको विचारले साथ दिएको छ । मैले बारम्बार भनेको छु ‘मित्र लाललाई सम्झिनु पर्दैन । पानी अभियानलाई सम्झिए पुग्छ ।’ पानी अभियानको नारा कार्यान्वयन गरे हुन्छ ।

कोही आदरणीय व्यक्तिहरुले पानी अभियानमा बोलेको रकम दिनु भएको छैन । कृपया दिनु हुन अनुरोध गर्दछु । दिन नसक्ने हो भने दिन नसक्ने भन्नु होला । त्यसप्रति कुनै गुनासो छैन । एकल प्रयासबाट शुरुवात भएको पानी अभियानमा हजारौंको साथ मिल्दै गयो भने हामी सफल हुनेछौं । कुनै पनि हालतमा हरेक घरमा धारो होस् हरेक गाउँमा सिँचाइ होस् ।

तपाइँको प्रतिक्रिया