यस्तो हुन्छ जिवजन्तुको भ्यालेन्टाईन (फोटो कथा)

आज प्रणय दिवश । विश्वभरि करिब १५ करोड प्रेम पत्र, प्रेमको सन्देश दिने कार्डहरु पठाएर आफ्नो प्रेमको सन्देश दिने गरिन्छ आज । त्यसो त जिवजन्तुकोपनि हुन्छ प्रणय । हामी मानिसले भन्दा फरक किसिमले प्रणय गर्छन् । केहिमा एक पटक । केहि जिवमा केहि सेकेण्ड, केहि साता, केहि महिना रहन्छ । प्रेम मानिसमा जस्तै जिवजन्तुमा केहिको आजन्म हुन्छ । केहिको केहि समयपछी खुइलिएर, टाढिएर, धोका पाएर वा धोका दिएर अन्त्य हुन्छ । जिवजन्तुमापनि प्रेममा धोका पाउँदा केहि चिन्तित, प्रताडित हुन्छन् । केहि प्रेमका मामिलामा गम्भिर त केहि चखुवा हुन्छ्न् । विकासे हाँस, सारस, सोंस, चखेवा, बाज, गिद्द, धनेश चरा लगायतका जिवले आजन्म एकै जोडीसित प्रेम गर्छन् । भालु, हात्ती, गैंडा, बाघ, म्रिग, पेङ्गुईन, सुगा, मुजुर, बाँदर लगायतका जिवहरुले अल्पकालकालागि मात्रै प्रेम गर्छन् । यिनको प्रणयकाल जिव अनुसार फरक फरक याम र समयकालागि चल्छ । प्रणयका बेला यिनले पनि औधि रमाइलो गर्छन् । प्रेमी प्रेमिकालाई सहयोग गर्ने, माया दर्शाउने, चाट्ने, नारिएर हिँड्ने, साथ र सहयोग गर्ने, आहार खोजेर दिने सबै हुन्छ । जिवजन्तुको प्रणयकाल औधि रमाईलो र रोचक हुन्छ । आज प्रणय दिवशका दिन केहि जिवजन्तुले दर्शाएको प्रेम फोटोमा हेर्नुस् ।  

तपाइँको प्रतिक्रिया