फोटोमा जिवजन्तु (३४ औं भाग)
अमेरिकाको सान जोसीमा रहेको गल्फ मैदानमा पिसाब गर्दै गरेको फ्याउरो । फोटो- डगलस क्रोफ्ट / बारक्रोफ्ट इमेजेज
बेल्जियमको फ्लेण्डर्समा जंगली खरायो । फोटो- ओलिभिय कोल / बारक्रोफ्ट इमेजेज
काठमाडौंको टौ दहमा कुहिरो लागेको एक विहान रुखबाट उड्दै गरेको जलकौवा । फोटो- नभेस चित्रकार रोयटर्स
जर्मनीको फ्र्यांकफर्टमा बाक्लो हिउँ परेको बेला रुखमा बसेको रोबिन चरा । फोटो- मेशेल प्रोब्स्ट / ए पी
बेलायतको स्कटल्याण्डसित जोडिएको सिमा क्षेत्र ओक्सनाम गाउँमा रोए डियर (म्रिग) को एक परिवार । फोटो- क्रिस स्टिकल्याण्ड / अलामी स्टक फोटो
बेलायतको नेवेन्ट स्थित ईन्टरनेशनल बर्ड्स अफ प्रे सेन्टरमा छ महिना उमेर पुगेको ग्रेट ग्रे आउल (ऊल्लू) जिवनमा पहिलो पटक हिउँ नियाल्दै । फोटो- पोल निकोला / बारक्रोफ्ट इमेजेज
कोलम्बियाको मार्को फिडेल एयर बेस (एयरपोर्ट) नजिक रहेको जिवजन्तु उपचार केन्द्रमा पशु चिकित्शकले राखेको लामपुच्छ्रे चरा । अबैध तरिकाले ओसारपसार गरेर ल्याएका जिवजन्तु पक्रेर यहाँ राखिन्छ, उपचार गरिन्छ र फेरि प्राक्रितिक वासस्थानमै लगेर छोड्ने गरिन्छ । फोटो- रोबायो लुईस / ए एफ पी
अमेरिकाको वासिङटन क्षेत्रमा पर्ने कोन्वेको खेतियोग्य जमिनमा उडान गर्दै हजारौं स्नो गिज (हाँस) । यि हाँस साईबेरिया र अलास्काबाट बसाई सरेर आउँदा केहि समय यहाँ बिताउँछन् । फोटो- एलाईन थोमसन / ए पी
अमेरिकाको लस एन्जलसमा बिद्दुतको तारबाट उड्दै गरेका चरा । फोटो- फ्रेदेरिक जे ब्राउन / गेटि इमेजेज
न्युजिल्याण्डको अकल्याण्डस्थित कोहिमारामा भन्ने ठाउँमा फूलेको पोहुतुकावा फूल । न्युजिल्याण्डमा यो फूल क्रिसमसका बेला फूल्न थाल्छ । फोटो- फियोना गूडाल / गेटी इमेजेज
दक्षिण अफ्रिकाको जोहानसवर्गमा परागको खोजिमा फूलमा आकर्षित माहुरी । फोटो- किम लुडब्रुक / ईपिए