फोटोमा जिवजन्तु (३३ औं भाग)
स्पेनको भिक्टोरिया गास्तेईजस्थित सालबुरा सिमसार क्षेत्रमा म्रिग र गरुड चरा । स्पेनिस चराविदहरुका अनुसार अफ्रिका बसाई सर्ने चराहरु मध्ये केहि समय यहाँ आराम गर्ने गर्छन् । फोटो- रोबेर्तो कोलिनो / अलामी
जिवजन्तुको आनीबानी शिर्षकमा बेलायतको रोयल सोसाईटीले आयोजना गरेको प्रतिस्पर्धामा बिजयी फोटो । इस्टर्न ग्रिनल्याण्डको तटमा पोलार भालु । फोटो- आन्तोनिया दोन्सिला / पि ए
भारतको असामस्थित पोबीतोरा वन्यजन्तु आरक्षमा आहाराको खोजिम सानो धनेश चरा । फोटो- ईपिए
स्पेनको एक्त्रेमेदुरास्थित सान पेद्रो सियरामामा जिवजन्तुको आनीबानी पत्ता लगाउन र गणना गर्न लुकाएर राखिएको क्यामराको लेन्स नियाल्दै गिद्द (ग्रिफन भल्चर) को फोटो- डेभिड तिप्लिङ / अलामी
अष्ट्रेलियामा पाइने भ्याकुर प्रजाति (ग्रे क्राउण्ड बाब्लर्स)) को चरा । फोटो- क्रिस तारोस / बर्ड लाइफ अष्ट्रेलिया
क्यानडाको मनिटोबास्थित उत्तरी ध्रुबिय हिम क्षेत्रमा आफ्नी आमाको ढाडमा पछाडीबाट चढेर खेल्दै गरेको पोलार भालुको बच्चा । डाईसी गिलार्डिनी / बारकोफ्ट इमेजेज