कोरियाले सन् २०१८ का निम्ति बिभिन्न क्षेत्रमा निर्धारण गर्‍यो कामदार कोटा

-अर्जुन बराल / दक्षिण कोरिया

दक्षिण कोरिया सरकारले दक्षिण तथा मध्य एसियाका सोह्र राष्ट्रका आप्रबासी कामदारका निम्ति छुट्टयाएको सन् २०१८ को कुल ५६ हजार कोटालार्ई गतबर्षकै आधारमा नबढाई कामदारको कोटा निर्धारण गरेको छ । सरकारको नीति कार्यान्वयनको कार्यालय, न्याय मन्त्रालय, श्रम मन्त्रालय सहित १२ मन्त्रालय सम्मिलित समितिले गत वर्ष बिभिन्न क्षेत्रमा कामदार अभावका कारण पर्नगएको असुबिधाको समिक्षा गदै यस बर्ष बिभिन्न क्षेत्रमा आप्रवाशी कामदारको संङख्यालार्ई बाँडफाँड गरेको छ । कोरियाको आप्रबासी कामदार प्रबद्धन गर्ने समितिले कृषी क्षेत्रमा काम गर्ने आप्रबाशी कामदारप्रति रोजगारदाताले रहनसहन तथा कामकाजप्रति गरिने ब्यबहारलाई सुधार गर्नुपर्ने नियम बनाएको छ । त्यसो नगरिएमा कृषी क्षेत्रको आप्रबाशी कामदार कोटालार्ई अंकुश लगाउन सरकारलाई अनुरोध गरेको छ ।

सन् २०१७ मा दक्षिण कोरियाको न्यायिक निकायले १३ हजार दुई सय २५ अबैधानिक आप्रबासी कामदार पक्राउ पश्चात स्वदेश फिर्ती गरेको थियो । त्यसको कारणलेपनि पनि सन् २०१८ मा आप्रबाशी कामदार संङख्या निर्धारणमा महत्वपूर्ण भुमिका रहेको बताइएको छ । अबैधानिक आप्रवाशीलार्ई रोजगार उपलब्ध गराए बापत दुई हजार नौ सय ४९ रोजगारदाताबाट २० मिलियन कोरियन वोन क्षतिपूर्ति लिएको थियो । त्यसका कारण अबको कोरियाको श्रमबजारमा श्रमसंङख्यामा तिब्रमात्रामा आप्रवाशी कामदारको माग रहने अनुमान छ ।

कोरियाको श्रम मन्त्रालयले जनाए अनुसार उत्पादनमुलक क्षेत्रका लागी कुल ४२ हजार तिन सय र कृर्षी क्षेत्रमा छ हजार छ सय आप्रबासी कामदारलार्ई जनवरी, अप्रिल, जुलाई तथा अक्टुबर सम्ममा कार्यक्षेत्रमा उपलब्ध गराइसक्नुपर्ने भनिएको छ । साथै कुल कोटाको साठ्ठी प्रतिशत जुन सम्ममा पुरा गरिने छ । कुलकोटा मध्ये मत्स्यपालनमा यस बर्ष दुई ह्जार छ सय, निर्माण क्षेत्रमा दुई हजार चार सय लगायत सेवा क्षेत्रमा एक सय कोटा निर्धारण गरेपनि नेपाली कामदारका हकमा भने मत्स्यपालन, निर्माण एंवम सेवा क्षेत्रमा सरकारले अनुमति नदिएकाले यो क्षेत्रमा माग हुने छैन । कोरियाको चार बर्ष दश महिनाको भिषा अबधिमा एकपटक पनि रोजगारस्थल परिबर्तन नगरी स्वदेश फिर्ता भएका र रोजगारदाताले चाहेर आउन र्ईच्छुक आप्रबाशी कामदारका हकमा गत बर्ष छुट्टै शिर्षकमा १३ हजार कोटा निर्धारण गरेपनि यसबर्ष कुलकोटाबाट नै कटौती गरि ल्याईने छ ।

यस बर्ष पनि दक्षिण कोरियाको आप्रबाशी कामदार कोटा सिमित भएको हुँदा सरकारले बैधानिक तरिकाले स्वदेश फिर्ती भएका आप्रबासी कामदारलाई पुनः कोरिया आउँनका लागि दिनुपर्ने कम्प्युटर बेसिक टेस्ट(सिबिटी) परिक्षा संचालन गराउँने सम्भाबना न्युन छ । चीन तथा रुसबाट एच–२ भिषाबाट आउँन चाहने कामदारलाई भने अवसर प्रदान गरेको छ ।

तपाइँको प्रतिक्रिया