बच्चा जोगाउन ज्यानको जोखिम लिने एउटी आमाको फोटो कथा

आफ्ना बचेरा, सन्तानको माया एउटी आमालाई कति हुन्छ भन्ने उदाहरण हो यो । मन कटक्क गराउने घटना । आमा जहाँ सुकैका किन नहोउन्, जुनसुकै जिवमा किन नहोस् आफ्ना लालावालाको रक्षा गर्न ज्यानको माया गर्दैनन् भन्ने द्रिष्टान्तपनि हो यो । प्रक्रितिमापनि बाउलाईभन्दा आमालाईनै आफ्नो बच्चाको बढि माया हुने रहेछ भन्ने यो घटनाले देखाउँछ । भुइँमा रमाउने गोहोरो (ठूलो जातको छेपारो) सुगाले गूँड बनाएको टोड्कोमा छिर्छ । माउ सुगाले उसलाई रोक्न खोज्छ । उडेर छेपारोको पुच्छर टोकिदिन्छ । अनेक तरिकाले लखेटेर आफ्ना बचेर जोगाउने कोसिस गर्छ । तर उसको भालेलेभने पोथीलेझैं छेपारोसित मुकाबिला गर्ने साहस गर्दैन । यो लडाईमा पोथी एक्ली पर्छे । उसले अनेक तरिकाले टोकेर, तर्साएर भगाउन् खोज्दापनि छेपारोले गूँडका बचेरा खाएरै छोड्छ । यो द्रिष्य भारतको केओदाओ राष्ट्रिय निकुञ्जको हो । यसलाई भरतपुर बर्ड सेन्चुरी भनेरपनि चिनिन्छ । यस्तो दूर्लभ द्रिष्यको तस्विर भारतको फारिदाबादका सिकारु फोटोग्राफर नितिन दुवाले लिएका हुन् । यि तस्विर उनले ओरियन्टल बर्ड क्लबको साईटमा राखेका थिए ।

तपाइँको प्रतिक्रिया