नेपालमै सबैभन्दा सुन्दरी पूजाकलीको शान र माननै चर्को

चितवनको सौराहामा यतिखेर पूजाकलीको सबैतिर चर्चा छ । सुन्दरी हुनु त पूजाकली जस्तो । खासगरि तेस्रो पर्यटकिय स्थल चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्रमा उनको नाम सर्वाधिक चर्चामा रहेको हो । चौधौं हात्ती महोत्सवमा भएको हात्ती सुन्दरी प्रतियोगितामा पूजा कलीले सबैलाई उछिनेर प्रथम भएपछी एकाएक उनको लोकप्रियता र चर्चा चुलिएको हो ।

पूजाकलीसहित प्रतिस्पर्धामा जम्मा पाँच हात्ती थिए । ति पाँचमा सबैलाई उछिनेर उनी प्रथम भएकि हुन् । हात्ती प्रतियोगितामा अन्य प्रतिस्पर्धापनि रकहिएको थियो । तर दर्शकहरुको मुख्य चाख हात्तीको सुन्दरी प्रतियोगितामा देखिएको चितवन चौनौलीका भविन्द्र बस्नेतले बताए । ‘हात्तीको सुन्दरी प्रतियोगिता कसरि गरिने रैछ भनेर धेरै मान्छे अचम्म परेका थिए । सुन्दरी प्रतियोगिता हेर्नेको भिड थियो। आखिर हात्तीको माहुतेले पो हात्तीको कोरीबारी गरेर, रङ धसेर राम्री देखाउने रैछ’ उनले सुनाए ।

सुन्दरी प्रतियोगिता हेर्नेमा नेपाली र बिदेशी पर्यटककोपनि भिड थियो । बिदेशी पर्यटकहरुले झन अचम्म मानिमानि हेरेका थिए । सुन्दरी प्रतियोगितामा पूजाकली प्रथम भएपछी उनीसित फोटो खिच्नेको भिड लागेको थियो । प्रथम भएपछी पूजाकलीको शान, मान र बजारपनि तातेको छ । भोली पल्टदेखि पूजाकलीमाथि चढेर जंगल घुम्न जानेको संख्या व्ह्वात्तै बढेको छ । ‘हात्ती चढिसकेपछी सबैभन्दा सुन्दरीमाथिनै चढौं न भन्ने रहर जसलाईपनि भैहाल्छ नी’ काठमाडौंबाट चितवन पुगेका देव मानन्धरले सुनाए ‘पैसा लाग्ने उत्ति हो, चढेपछी अलि पर्खेर भएपनि सुन्दरीमाथिनै चढ्ने नी !’

पर्यटकहरुलेपनि हात्ती बुक गर्दा सबैभन्दा सुन्दरीमाथि चढ्ने भनेर पूजाकली हात्तीनै बुक गर्न खोजेको सौराहाका रेशम चौधरीले बताए । “हात्ती त हाम्रो होइन तर कुइरेहरुलेपनि ‘आ इ वान्टु राईड द मोस्ट ब्युटिफुल इलाफेन्ट’ भन्दै हिँडेको छ भन्ने सुनेको छु” ।

यसरि प्रतियोगितामा भाग लिएर बिजयी हुने हात्तीको शान र मान बढ्ने गर्छ । माहुतेले हात्तीलाई अनेक तरिकाले रंग रोगन लगाएर सिँगारपटार गरिदिन्छन् र त्यसैका आधारमा मूल्यांकन गरिन्छ । तर असल, सहनशिल हात्तीहरुले सिँगारपटारका क्रममा सजिलो बनाइदिन्छन्, धेरै चल्ने चट्पटाउने गरेर माहुतेलाई अप्ठेरो पारिदिँदैनन् । बिजयी हात्तीलाई माहुतेहरुले मिठो आहार दिएर बढि माया दर्साउँछन् । ‘वर्षभरिनै फलानोको हात्ती सबैभन्दा सुन्दरी भनेर चर्चा चलिरहन्छ, हात्ती साहुकोपनि शाननै चर्को नी’ चौधरीले भने ।

(फोटो- अनलाईन खबर)

तपाइँको प्रतिक्रिया