चिलको ढाडमा कागको यात्रा

अमेरिकी फोटोग्राफर फू चान मेडिया ड्रम वर्ल्डसित संवन्धित छन् । उनले बाल्ड ईगल भनिने चिलमाथि चढेर यात्रा गरेको कागको तस्विर खिचेर दुनियाँलाई चकित बनाईदिए । आकाशमा उडिरहेको चिल देखेपछी रिसालु काग उसलाई खेद्न पुग्छ । आफ्नो यात्रामा बत्तिइरहेको चिलको ढाडमा सन्तुलन मिलाएर चढ्न खोज्छ । चिलको ढाडको बिच भागमा ढ्याक्कै खुट्टा राखेमा चिलले पखेँटा फटफटाउँदा लडिन्न भन्ने बाठो कागलाई थाह हुन्छ ।

त्यसैले ऊ उडिरहेको चिलको माथि उड्छ र ढाडमा खुट्टा पर्नेगरि सन्तुलन मिलाएर टेक्न खोज्छ । केहि बेरको प्रयासपछी काग सफल हुन्छ । उसले चिलको ढाडमा पहिले एउटा खुट्टा राखेर बिचार गर्छ । एउटा खुट्टा राम्रोसित टेकिएपछि अर्को खुट्टापनि टेक्छ र चिलको ढाडमा उभिएरै केहि बेर यात्रा गर्छ । कागले आफ्नो क्षेत्रमा आउने अन्य चराहरुलाई तर्साउँछ, लघार्छ र कहिलेकाहिँ कागहरु सामूहिकरुपलेपनि प्रतिवाद र हमला गरेर आफ्नो क्षेत्रमा आउने अन्य जिवलाई भगाउने गर्छन् ।

तपाइँको प्रतिक्रिया