अध्यक्ष र महासचिवले आफूखुशि मनोनित गरेपछी पत्रकार महासंघमा फेरि पदको लफडा

नेपाल पत्रकार महासंघ युरोप शाखाको अहिलेको समिति आफैं अबैधानिक छ । अस्विकार्य बनिरहेकै छ । तर यहि समितिले बैधानिक प्रसंगको कुरो निकालेर अर्को लफडा झिकेको छ । बेल्जियमका ओम शर्मालाई संगठन समितिको सदस्यमा मनोनित गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रसित आपत्ती जनाएको हो ।

डिसेम्बर १५ का दिन ओम शर्माले फेसबूक मार्फत आफूलाई नेपाल पत्रकार महासंघले केन्द्रीय कार्यसमिति अंतर्गत, संगठन समितीको सदस्य पदमा मनोनित गरेको सार्वजनिक गरेका थिए । यसकालागि उनले संघका अध्यक्ष गोबिन्द आचार्य, महासचिब रमेश बिष्ट लगायत सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक आभार प्रकट समेत गरेका थिए । उनले सहकर्मी साथीहरुसित सहयोगको अपेक्षापनि गरेका थिए । त्यस लगत्तै उनको स्टाटसको बिरोधमा नेपाल पत्रकार महासंघ युरोप शाखाको नामबाट अध्यक्ष केजिन राई र महसचिव योगेन्द्र मिलन छन्त्यालको हस्ताक्षरसहित बिरोध गरिएको हो ।

ओम शर्माको मनोनयनको बिरोधमा उनलाई तेस्रो अधिबेशन बहिष्कार गरेको, सदस्यता अस्विकार गरेको र हाल शाखाको सदस्यसमेत नरहेको आरोप लगाइएको छ । उनलाई नियुक्त गर्दा शाखालाई कुनै जानकारिनै नदिएकामा अचम्म लागेको उल्लेख छ ।

तर पत्रकार महासंघ शाखाले लगाएको आरोपमा के झुटो छ भने शाखाको हुँदै नभएको अधिबेशनलाई तेस्रो अधिबेशन भनेर उल्लेख छ । तेस्रो अधिबेशन भएकै थिएन । अधिकांश सदस्यले बहिस्कार गरेपछि थोरै पत्रकार र अधिकांश गैह्र पत्रकार, पार्टी र बिभिन संगठनका कार्यकर्ताले कसैको बन्द कोठरीमा बसेर अधिबेशनको नाटक गरेका थिए । त्यहि नाटकलाई अधिबेशनको नाम दिएर आफूखुशि कार्यसमिती चयन गरिएको थियो ।

ओम शर्मालाई नियुक्त गर्दा एफ एन जे युरोपलाई कुनै जानकारिसमेत केन्द्रले नदिएको बिरोध पत्रबाटै स्पष्ठ हुन्छ । किनभने मनोनित गरिएको आधिकारिक जानकारि केन्द्रसमक्ष मागिएको छ । केन्द्रसित गुनासो गर्दै लेखिएको पत्रसमेत स्पष्ठ छैन । ‘कथंकदाचित यस्तो निर्णय गरिएको भए सच्याएर सोहि बमोजिम जानकारिकालागि अनुरोध गर्दछौं ‘ भन्ने शाखाको बिरोध पत्रमा उल्लेख छ । ‘कथंकदाचित यस्तो निर्णय गरिएको भए सच्याएर सोही बमोजिम’ भन्न खोजिएको के हो ? स्पष्ठ छैन ।

जतिसुकै गुनासो गरेपनि यो शाखा बैधानिक छैन र अबैधानिक शाखालाई कुनै सोधपुछ, शाखाको स्विक्रिति लिनु जरुरि छैन भन्ने नेपाल पत्रकार महासंघको निति देखिन्छ । आफैं अबैधानिक अवस्थामा रहेको शाखालाई केन्द्रले पुछोस पनि किन ?

केन्द्रिय समिति अन्तर्गत संगठन बिभागमा मनाेनित भएकाेमा बधाइ खान रुचाएर फेसबूकमा मनोनित भएको खुशि बाँडेका ओम शर्माले केन्द्रिय समितिले दिएको परिपत्र वा कुनै प्रमाण राखेकापनि छैनन् । यसले शंका थपिदिएको छ । अधिबेशन अबैधानिक तरिकाले भयो भन्दै आपत्ती जनाएर बहिस्कार गरेका ओम शर्माले अहिले त्यहि अबैधानिक अधिबेशनबाट आएको समितिमै मनोनित हुन किन ज्यान फालेका हुन् ? यसबाट उनी स्वयंबाट आफूलाई पदको लम्पट देखाउने काम भएको छ ।

जे होस, नेपाल पत्रकार महासंघ शाखामा पद लिन ज्यान फाल्ने, हटाउन मरिहत्ते गर्ने र युरोप भ्रमणको लोभमा पालो कुरेर बस्ने, भ्रमणका क्रममा केहि निजि लाभ, सुबिधा लिएका पत्रकार महासंघ केन्द्रका प्रतिनिधीले मन परेकालाई मनोनित गरेर गुनको पैचो तिर्ने गज्जबको खेल भने अन्य पत्रकारले हेर्न पाएका छन् । बिरोध र समर्थनको परिपत्रमार्फत । अहिलेको मनोनयन, बिरोधको परिपत्र र स्यावासी त्यसैको अर्को रुप हो ।

तपाइँको प्रतिक्रिया