जनताको गित गाउँदागाउँदै ढले जनगायक खुशिराम पाख्रिन

जनगायक खुशिरम पाख्रिम दुखि जनताको गित गाउँदा गाउँदै ढले । आज वाम गठबन्धनले आयोजना गरेको चुनावी अभियानका क्रममा चितवनमा कार्यक्रम थियो । त्यहाँ पाख्रिमपनि गएका थिए । चुनावी कार्यक्रमलाई प्रभावित पार्ने क्रममा उनले दुई वटा जनवादी गितपनि गाए । गित गाउँदागाउँदै उनी त्यहिँ ढले ।

उनी ढले लगत्तै भरतपुरको नारायणी सामूदायिक अस्पत्ताल पुर्‍याइएको थियो । त्यहाँ उपचारकै क्रममा उनको म्रित्यु भएको जनाइएको छ । अकस्मात ह्रिदयघात भएको बताइएको छ ।  चिकित्शकहरुबाट भने विविरण खुल्न बाँकिनै छ ।

पछिल्लो समयमा उनी शारिरिक रुपलेपनि कमजोर बन्दै गएका थिए । जिन्दगीभरी जनताको पक्षमा दुखि, गरिव र असहाय तथा अन्याय र अत्याचारका गित गाउँदै हिँडेपनि पछिल्लो समयमा उनलाई दैनिक जिवन धान्नपनि धौधौ परेको थियो । माओवादी जनयुद्दकालमा उनले भूमिगत रुपमैपनि जनता जगाउने गित गाउँदै, सांस्क्रितिक टोलीको नेत्रित्व गर्दै हिँडेका थिए ।

जनयुद्दका क्रममा सुरक्षाकर्मीहरुबाट उनी एक पटक पक्राउसमेत परेर यातना खेपेका थिए । पाक्रिननले वामपन्थी आन्दोलन र खासगरि माओवादी जनयुद्दलाई उचाईमा पुर्‍याउन जनताका गित गाउँदै हिँडेपनि नेकपा माओवादी सत्तामा पुगेपछि उनलाई खासै सांस्क्रितिक वा अन्य गतिलो जिम्मेवारी दिएको थिएन । अर्थात् उनको कदर गरेको थिएन । यो देखेर माओवादीले पाख्रिनलाई न्याय गर्न नसकेको भन्दै ईमान्दार कार्यकर्ताहरुले आलोचन गर्दै आएकापनि थिए । हार्दिक श्रद्दान्जली खुशिराम पाख्रिमप्रति !!!!!

तपाइँको प्रतिक्रिया