नेदररल्याण्डको सडकमा राष्ट्रिय झण्डासहित नेपालीहरुको पैदल यात्रा

नेदरल्याण्डको आम्स्टरडम शहरमा आफ्नो राष्ट्रिय झण्डा बोकेर नेपालीहरुले पैदल यात्रा गरेका   छन् । त्यो पैदल यात्रा  कुनै राजनितिक स्वार्थ र माग राखेर होइन । नेपालको पर्यटन क्षेत्रबारे प्रचार गर्न र त्यहाँका नागरिकलाई नेपालबारे चासो बढाउन हो । नेपालको पर्यटकिय संभावनाका आकर्षक थलोहरुको पोष्टर र पर्चाहरु बोकेर दर्जनौं नेपालीहरुले आमस्टरडमको सडकमा नेपालीहरुले पैदल यात्रा गरेको ईनासका अध्यक्ष पुष्प बरुवालले जानकारि दिए ।

नेदरल्याण्ड्स निवासी प्रकाश तिमल्सिना, निशान सापकोटा र ज्योति पाण्डेको पहलमा यो कार्यक्रम आयोजना ग्नेपाल प्रवर्द्धन गर्ने यो कार्यक्रम आयोजना गरिएको हो । नेपाल पर्यटन बोर्डले केहि प्रचारका सामाग्रीहरु उपलब्ध गराएको थियो ।

पैदल यात्रा मध्यान्हबाट शुरु भएको थियो । नेपाली टोपी, नेपाली पोशाक र नेपाल संवन्धि पोस्टरहरु बोकेका युवायुवतीहरु सडकमा देखेपछि त्यहाँका नागरिकहरु आकर्षित भएका थिए ।

नेपालमा पर्यटन प्रवर्द्धनका लागि अति व्यस्त रहने नेदरल्याण्डसको आमस्टरडम शहरका डच, स्पानिश, इटालियन लगायतका केहि प्रसिद्ध रेस्टुरेण्टहरुको टेबलमा समेत नेपाल सम्बन्धि छोटो परिचय तथा नेपाल भ्रमणका लागि आव्हान गरिएका पोस्टरहरु रहने गरि पहल सुरु गरेको जानकारि पुष्प बरुवालले दिए ।

(फोटो स्रोत- नारायण आचार्य, निशान सापकोटा र एरिक भेन्हुइस)

तपाइँको प्रतिक्रिया