साउदीमा अलपत्र परेका दर्जनौं युवाको भनाई ‘मर्ने बाहेक अर्को उपाय छैन, नेपाल फर्काईदिनुस्’

साथीहरू यो भिडियो सेर अनिवार्य छ किनकि तपाईको एक सेरले गर्दा द्रर्जनौ मन्छेको ज्यान बचाउन सकिन्छ

Opslået af दु:ख सुख बिसाउने चौतारी på 20. marts 2017

साउदी अरेबियाको दमाममा दर्जनौं युवाहरु अलपत्र परेका छन् । उनीहरु दमामको अलजुरी भन्ने कम्पनीमा सानो कोठामा दर्जनौं कोचिएर बसेका छन् । नेपालबाट बैदेशिक रोजगारमा पठाएको कम्पनीले धोका दिएपछि उनीहरु अलपत्र परेका हुन् । अलपत्र युवाहरुले आफूहरुलाइ नेपाल फर्काईदिन याचना गरेका छन् । सानो कोठामा दर्जनौं युवाहरु कोच्चिएर बसेको भिडियो सार्वजनिक गर्दै उनीहरुले त्यस्तो याचना गरेका हुन् ।  नेपालबाट मिन भवन खरिबोट स्थित कास्पो ईन्टरनेशनल भन्ने मेन पावर कम्पनीले जनही एक लाख ५० हजार रुपियाँ लिएर ल्याएको उनीहरुको भनाई छ ।

आफूहरुले नेपाल सरकारको हटलाईन, सउदी अरेबियाको नेपाली दुतावास र मेन पावर कम्पनी सबैलाई फोन गरेर अलपत्र परेको बताउँदापनि आफ्ना समस्या कसैले नसुनेको गुनासो गरेका छन् । आफूहरुले सबैलाई गुहार्दापनि सहयोग नगरेपछि भिडियो बनाएर सार्वजनिक गरेको बताएका छन् । यो हेरेर सबैले सहयोग गरिदिन र सहयोगको याचना गरेको भिडियो सार्वजनिक गरिदिन आग्रहपनि तिनको छ ।

आएको दश महिना भैसक्दापनि आफूहरुले काम नभएको, तलब नभएपछि एउटै कोठामा दर्जनौं खाँदिएर बस्नुपरेको गुनासो गरेका छन् ।

‘हाम्रो अब मर्ने भन्दा अर्को उपाय छैन । हामी त्यस्तो अवस्थामा पुगिसकेका छौं’ सउदी अरेबियाको दमाम स्थित अलजुरीमा बिचल्लीमा पर्ने नेपालीहरुले भनेका छन् । आफूहरु सबै जना घर फर्किन चाहेको र त्यसकोलागि उद्दार गरिदिन आग्रह गरिएको छ ।

तपाइँको प्रतिक्रिया