युरोपेली मुलुककको यस्तो देश जहाँ नागरिकलाई ‘खरायोले झैं बच्चा पाउन’ सरकारको अपिल

जन्मदर निरन्तर घट्दै गएपछि युरोपेली परिषदको एउटा देशले आफ्ना नागरिकहरुलाई सकेसम्म धेरै बच्चा जन्माउन अपिल गरेको छ ।

८७ दशमलव पाँच प्रतिशत जनसंख्या क्याथोलिक धर्मावलम्भी भएको देश पोल्याण्डले आफ्ना नागरिकलाई खरायोले झैं बच्चा पाएर आफ्नो देशको साख जोगाउन आफ्ना नागरिकहरुलाई अनुरोध गरेको हो । पोलिस प्रधानमन्त्री बेयातो जिद्लोले आफ्नो देशमा जन्मदर घटेकोमा चिन्ताको विषय सार्वजनिक चासोको विषय भएको सार्वजनिक गरेकि छन् ।

राजधानी वार्सामा एउटा भिडियोमा बोल्दै त्यहाँका स्वास्थ्य मन्त्रीले त्यस्तो बताएका हुन् । लेटुस (सलाद खाने एक प्रकारको साग) र गाजर खाएका खरायोहरुको फोटो सार्वजनिक गर्दै त्यस्तो अपिल गरेका हुन् । खरायोहरुले सलाद र गाजर खाने र तिनले ब्यायाम गर्नाले तिनका बालबच्चाको स्वास्थ्यपनि राम्रो हुने भन्दै खरायोले धेरै बच्चा पाउनुको रहस्य ब्याख्या गरेका थिए ।

जन्मदर घट्दै गएकोमा पोल्याण्ड सरकारको चासो गम्भिर देखिएको भन्दै बच्चा धेरै पाएमा तिनलाई पेन्सन भत्ता दिईनेपनि भिडियोमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रीले बोलेको भिडियोमा भनिएको छ “यदि तपाई आमा, बुवा बन्न चाहनुहुन्छ भने खरायोबाट सिक्नुस् ।”

पोल्याण्डको जनसंख्या घट्दो क्रममा छ । हाल तिन करोड ८० लाख भएको जनसंख्याबाट पोल्याण्ड सरकारले बढाउन खोजिरहेको छ ।

युरोपेली परिषदको आँकडा अनुसार सन् २०१५ मा पोल्याण्डमा प्रति महिला एक दशमलव ३२ प्रतिशत थियो जन्मदर । जन्मदर कम भएको पोल्याण्ड युरोपेली मुलुकको दोस्रो देश हो । पहिलो पोर्चुगल छ ।

पोल्याण्ड सरकारले १८ वर्षदेखि ४५ वर्षका नागरिकहरुलाई वच्चा जन्माउने क्षमता ब्रिद्दी गर्न स्वस्थ जिवनशैली अपनाउन अनुरोध गरेको छ । सरकारले त्यसकालागि कोसिस गर्ने बताएको छ ।

पोल्याण्ड सन् २००४ मा युरोपेली युनियनमा प्रवेश गरेको हो । युनियनमा प्रवेश गरेपछि २० लाख पोलिस नागरिक युरोप अन्य मुलुकमा बसाई सरिसकेका छन् । यसले गर्दा पोल्याण्डमा जन्मदर घट्ने र ब्रिद्दब्रिद्दाहरुको संख्या बढ्ने क्रम छ ।

युरोपभरिमा महिलाहरुले बच्चा पाउने दर सालाखाला एक दशमलव ६ छ । सबैभन्दा उच्च आयरल्याण्डमा छ । त्यहाँ प्रति एक हजारमा १७ बच्चा जन्मिने गरेका छन् ।

पोल्याण्डको स्वास्थ्य मन्त्रालयले आफ्नो देशमा जन्मदर बढाउन सामाजिक जागरण ल्याउने बताएको छ । त्यसो गर्दा कसैको भावनामा चोट नपुर्‍याउने र अस्लिल नदेखिने खालका कार्यक्रम ल्याउने उपायहरु अवलम्वन गर्ने बताएको छ ।

तपाइँको प्रतिक्रिया