एकै दिनमा यति धेरै जिवजन्तु देख्न पाइने चितवनको निकुञ्ज (फोटैफोटो)

  • राजेन्द्र अधिकारी, सौराहा / हाल- हङकङ

घुम्न जान्नुपर्छ, एकै दिनमा थुप्रै जिवजन्तु हेर्न सकिन्छ, चितवन राष्ट्रिय निकुञ्जमा । गत साल गर्मी यामको एक दिन हामी एक समूह मिलेर जंगल ड्राईभ गयौं । त्यति बेला निकुञ्जको अग्लो खर र झ्याक्सीमा आगो लागेर लगभग छ्याङ्ग थियो । पर परका जिवजन्तु, द्रिष्य देखिन्थ्यो । हामीले आधा दिनभन्दा अलि बढि गाडीमा निकुञ्ज भित्रको बाटो छिचोल्दै टाईगरटप्स नजिकै पुग्दा बाटोमा थुप्रै जिवजन्तु देख्यौं । निकुञ्जमा विहानै सबैभन्दा अगाडी जान सक्ने हो भने जिवजन्तुलाई कसैले दखल पुर्‍याएको हुन्न । गाडी हिँड्ने सडकको वरिपरिनै धेरै जिवजन्तु देख्न सकिने संभावना हुन्छ । जब पर्यटक र तिनलाई डुलाउने गाडीहरु प्रवेश गर्न थाल्छन् तब जंगली जन्तुहरु टाढा टाढा जान थाल्छन् । हामी सबेरै त जान सकेनौं । तर लगभग शुरुको यात्रामा निस्किने मध्येमा थियौं । मध्यान्हका यात्रु मध्ये । फर्किँदा सबैभन्दा पछिल्लो यात्रु बनेकाले होला हामीले जंगल ड्राईभ जाने बेला भन्दा फर्किने बेला धेरै जिवजन्तु देख्यौं । साँझ झम्मै पर्न लागेकालेपनि जिवजन्तुको चलपहल बढेको थियो । आधा दिन भन्दा अलि बढि गाडीमा निकुञ्ज घुम्दा हामीले बाघको गन्ध चाल पायौं, देख्न भने सकिएन । जंगली हात्तीले बाटो पार गर्दै गरेको द्रिष्य गज्जबको थियो । हात्तीले हामी हिँड्ने बाटोमै रुखढालिदिएकाले रुख पन्छाएर गाडी पार गर्नुपर्‍यो । लमि तालमा बँदेल र गोही लगायतका केहि चरा देख्यौं । तमोर तालमा गैंडा आहाल बसेकोपनि हामीले नजिकै पायौं । नाचेको मुजुर र थुप्रै चराहरु देखियो । त्यहि दिनको भ्रमणमा खिचेका केहि तस्विरहरुको सँगालो हो यो ।

तपाइँको प्रतिक्रिया