छेपारोको प्रेम : पोथीलाई फकाउन अँगालोभरि फूल उपहार

फूलको आकर्षण मानव जातिमा मात्रै सिमित रहेनछ । फूल उपहार दिएर पोथीलाई फकाउने, आफूतिर तान्ने र पोथीको मन पगाल्न फूल उपहार दिने भाले छेपाराको कला गज्जबकै छ । स्यान लिजर्ड भन्ने छेपाराको भालेले फूल टिपेर अँगालामा राख्छ । त्यो लिएर झाडीको टुप्पोमा पुग्छ र पोथीलाई त्यहिँ गएर त्यो फूल उपहार दिँदै फकाउन खोज्छ । भालेको अँगालोमा फूअल् देखेकि पोथीपनि सतर्कतासाथ झाडीको टुप्पोमा पुग्छे । भालेको उपहार स्विकार्छे । उनीहरु जोडि बन्छन् । झण्डै झण्डै दुई मुटुको आकार बन्छ ।

तर केहि बेरपछि यो प्रेम द्रिष्य छुट्टिन्छ । किनभने पोथीको उपहार खस्छ । झाडीको टुप्पोबाट ओर्लिनलाग्दा खस्छे । भालेले तत्कालै हात दिएर पोथीलाई भर दिन्छ । पोथी खसेपछि भालेपनि बिस्तारै ओर्लिन्छ र प्रेमीकाको खोजिमा लग्छ । प्रेमको यो रोचक नाटक क्यामरामा उतार्न सफल आलेक्सि तिमोसेन्को हुन् । यो कथा बेलायतको डेली मेल अखबारले सार्वजनिक गरेको थियो । उन्नाईस वर्षिय आलेक्सले यो तस्विर युक्रेनमा खिचेको बताएका छन् ।

आफू जिवजन्तु विशेषज्ञ नभएकाले त्यो फूलको महत्व किन र केकालागि आफूलाई जानकारि नभएको आलेक्सले बताए ।

स्यान्ड लिजर्ड भनिने यो जातिका छेपाराले अधिकांश समय वालुवामा पुरिएर बिताउँछन् । बेलाबखत भने घाम ताप्न निस्किन्छन् ।

तपाइँको प्रतिक्रिया