विचारको बिम्ब र त्यसको प्रतिबिम्ब

भिम खनाल

मानव जीवन स्वयम् मानिसका बिचार तथा भावहरुकाे प्रतिबिम्ब हाे भने जिवनकाे अाराेह अबराेहमा अाईलाग्ने सफलता,  असफलता, उन्नति, दुर्गती, महानता, तुक्षता, शान्ति , अशान्ति अादि ईत्यादी मानव बिचार तथा मानब बिचारहरुका बिम्ब प्रतिबिम्ब मानिन्छन । जाे बिचार र  भाबहरुमा निर्भर रहने गर्दछ । अाज मानिस जसरी जुन अबस्थामा प्रतिबिम्बित भईरहेकाे छ त्याे स्वयम्  उसकाे बिचारहरुकाे कारण मानिन्छ । अर्थात यसाे भन्नू काे मुख्य तात्पर्य मानिसकाे स्वयम अाफ्नै बिचार अनुरुप मानव जीवन बन्छ या बिग्रन्छ । सुन्दर बिचार हरुकाे भण्डार हुने जिवन अवस्य सप्रन्छन भने जहाँ कुरुप बिचार स्खलन हुन्छ त्याे मानव जीवन अबस्य कुरुप नै हुनेछ ।

यस समन्धमा स्वामी बिबेकानन्द ले भनेका छन “स्वर्ग या नर्क अन्यत्र कहि भेटिने छैन किनकि यी दुबैकाे निबास हाम्राे बिचार हाे,, । भगवान बुद्दले शिस्याेपदेश दिदै भनेका छन “बर्तमानमा हामी जे छाै अाफ्नाे बिचारका कारण छाै र भबिस्यमा जे हुनेछाै त्याे पनि बिचार कै कारण हुनेछाै । ”

हाम्राे जीवन अाज जे जस्ताे अबस्थामा जसरि सञ्चालित छ त्याे हाम्रै बिचारहरुकै बिम्ब प्रतिबिम्ब हाे । यदि तपाईं हामी डाकु बन्ने बिचार गर्छाै भने हामी कुख्यात डाकु नै बन्दछाै । मानव जिवनमा बिचारहरुकाे अपुर्व शक्ति तथा महत्व रहेकाे छ ।

संसारमा जति बिचार दर्शनहरु प्रयाेगमा अाएका छन ती समस्त बिचार तथा दर्शन हरुकाे एउटा कारण उत्तम बिचार पनि हाे । बिचारकाे शक्ति तथा उसकाे असाधारण महत्व हरेक दर्शनले स्विकार गर्दछ । मानव जिवनमा विभिन्न गतिबिधिहरुकाे सञ्चालनका लागि हाम्राे बिचारहरुकाे प्रमुख भुमिका रहन्छ । हामी जे गर्छाै त्याे हाम्रै बिचारहरुकाे प्रेरणा मुख्य श्राेत हाे ।

संसारमा देखिने भिन्नता, बिभिन्नता, बिचित्रता सबै हाम्राे बिचारहरुकाे एक प्रतिबिम्ब हाे । संसार विभिन्न मानव समुहकाे बिचार द्वारा सञ्चालित छ । कसैका लागि याे स्वर्ग छ कसैका लागि सान्ति छ । सुख छ । सुबिधा सपन्न छ । एकै परिस्थिति एक समयमा एउटा मानब सुख, सम्रिद्दि, सम्पन्नता भाेग गरिरहेकाे छ भने अर्काे एकथरी मानव समूह दरिद्रता, अस्थिरता, असान्तिकाे खाडलमा जाकिएकाे छ । अाखिर यति धेरै अन्तर एउटै परिस्थितिमा कसरी ? जुन बिचारहरुकाे भिन्नता देखिएकाे छ त्यसमा काेहि ब्यक्ति अभाब ग्रस्त छ र पनि चेहेरामा सम्पन्नता झल्किन्छ । काेहि अनेक शुबिधा भाेग गरिरहेका छन र पनि असन्तुस्ट देखिन्छन ।

प्राचीन युग का मानव हरु कन्दमुल खायर पनि सुखि एबम सन्तुष्टि जीवन बिताउँदै धर्तिमा स्वर्गीय अनुभुतिका लागि ध्यान मग्न हुन्थे । अाजका हामी मानव समूह जाे छाै प्रयाप्त सुख सुबिधा, बिलासि जीवनशैली, ऐसअाराम, बैज्ञानिक साधन द्वारा युक्त छाै तर पनि अधिक अशान्ति छ । छटपटाहट छ । चिरचिराहट छ । बास्तबमा हामी संसारकै दुखि प्राणिमा दर्ज भैदिएका छाै । जुन मानव समूह के अाफ्नै बिचार एबम चिन्तनकाे परिणाम हुन अाउँछ । प्रसिद्द लेखक स्वर्ट अाफ्नाे हरेक जन्मदिनमा काला भद्दा कपडा लगाउदै शाेक मनाउने गर्दथे । उनकाे मान्यता थियाे ‘यदि मैले यस धर्तिमा जन्म नलिएकाे भए ठिक हुन्थ्याै ।’ उनी स्वयम अाफू यस धर्तिमा अाउनु भुल सम्झन्छन । यसकाे ठिक बिपरित एक जना प्रशिद्द अन्धा कवि मिल्टन थिए जसकाे मान्यता छ ” भगवानलाई लाखाै लाख धन्यबाद छ जसले मलाई यस धर्तिमा अबतरण गराइ बाच्नका लागि बरदान दिएका छन ।”

नेपाेलियनले कुनै प्रसङ्गमा भनेका थिए  ‘अफसाेच छ मैले जिवनकाे कुनै पल सुख र शान्तिपुर्वक बिताउन सकिन । जबकी मसङ्ग सुखशान्ति, सम्रिद्दि, सम्पति ऐस अारामकाे कुनै कमि थिएन ।’

यसर्थ मानव मात्र सुख शान्ति, सम्पति भएर मात्र सुखि जीवन ब्यतित गर्ला भन्नू केवल गलत मानसिकताकाे उपज मान्न सकिएला । जिवनमा सुख शान्ति, प्रसन्नता अथवा दुख, अशान्ति, पश्चताप अादिकाे कारण स्वयम् मानव समुहकाे बिचारकाे कारण हाे । गलत बिचारका कारण मानिस दुखि रहन्छ । अशान्त रहन्छ भने उत्क्रिस्ट बिचारका कारण अभाव ग्रस्त जिवनमा पनि मानव समूह सुखि शान्ति प्रसन्नताकाे अनुभव गर्दछ ।           

जिवन मात्र एउटा शीशा हाे । यहाँ हाम्राे बिचारहरुले हाम्राे जीवन सञ्चालन गरिरहेकाे छ । यहाँ हाम्राे जुन किसिमकाे छायाँ पर्दछ उस्तै प्रतिबिम्ब देखिने गर्दछ । बिचारकाे अाधारमा मानव जगत  सुखमय संसारकाे अनुभव गर्दछ । उत्क्रिष्ठ र उत्तम बिचार द्वारा मानव जीवन माथि उठ्दछ । उन्नति, सफलता, महानताकाे मार्ग प्रशत गर्दछ भने हिन तुच्छ तथा कुण्ठित बिचारका कारण जीवन केवल  नर्क बन्दछ । 

यसकारण मानिसकाे बिचार स्वयम् अपार शक्ति हाे जाे सधै काम अनुसारकाे प्रेरणा दिने गर्दछ । उचित काममा लागिरहनेका लागि सधै उचित परिणाम र सुखमय मार्ग निर्देशित गर्दछ । खराब प्रब्रितिका लागि खराब परिणाम प्राप्त हुन्छ ।

बिचार एक चेतनाकाे शक्ति पनि हाे । कुनैपनि बिचार एकै स्थानमा केन्द्रित भईरहनु उसकाे सूक्ष्म चेतना शक्ति घनिभुत हुनु हाे । प्रत्येक बिचार, अात्मा तथा बुद्दिकाे संसर्गबाट पैदा हुने गर्दछ । बुद्दि र उसकाे अाकार प्रकार निर्धारण गर्दछ भने अात्मा उसकाे चेतना शक्तिकाे मार्ग प्रशस्त गर्दछ । यहाँ बिचार अाफु भित्र अाफ्नै लागि सजिव एबम सूक्ष्म तत्व मानिन्छ ।

मानिसकाे बिचार स्वयम् एक सजिव तरङ्ग हाे जाे जीवन, संसार तथा पदार्थहरुकाे प्रेरणा दिइरहन्छ । यिनै सजिव बिचारहरु जब केन्द्रियकरण हुने गर्दछन एक शक्ति र सामार्थ्य काे उत्पन्न हुने गर्दछ ।  स्वामी विवेकानन्दले बिचारकाे शक्ति सम्बन्धि उल्लेख गरेका छन ‘कुनै ब्यक्ति चाहे कुनै गुफाभित्र गएर ध्यान गराेस, गुफा भित्रै बिचार गर्दा गर्दै उसकाे म्रित्यु हाेस, केही समयकाे अन्तरालमै गुफाकाे पर्खाल छेडेर सर्बत्र फैलिने गर्दछ ।’

तपाइँको प्रतिक्रिया