एक्लो प्रयासमा बनेको हो लाप्राक नमूना बस्ति कि विश्वभरिका नेपालीको सहयोगमा ?

सन् २०१५ मा ठूलो भुकम्पले गोरखाको लाप्राकमा सर्वधिक क्षेती पुग्यो । त्यस लगत्तै विश्वभरिका नेपाली चन्दा, दान र सहयोग जुटाउन कस्सिए । विश्वभरिका गैर आवाशिय नेपालीले सकेको सहयोग उठाए । गैह्र आवशिय नेपाली संघ (एन आर एन ए) केन्द्रिय कार्य समितिको त्यो बेला बिभिन्न बैठकहरु भए । उद्दार र सहयोगकालागि भूकम्प गएको लगभग एक हप्ता भित्रै भवन भट्टको बि एण्ड बी कम्पनीको कार्यालयमासमेत बैठक बस्यो । त्यसमा कुमार पन्त, शेष घले दम्पत्ती, जिवा लामिछाने लगायतका विशिष्ठ अभियन्ता थिए । एन आर एनको केन्द्रिय बैठकमा लाप्राकमा नमूना बस्ति बनाउने अध्यक्ष शेष घलेले राखेको प्रस्तावमाथि छलफल हुँदा सबैले सहमती जनाए । लाप्राकमा नमूना बस्ति बनाउने सहमति बन्नुको अर्को कारण केपनि थियो भने केन्द्रिय तहका नेत्रित्वकर्ता मध्ये उपाध्यक्ष कुमार पन्त र भवन भट्टसमेत गोरखाका थिए । गोरखा जिल्लाकै धेरै सदस्य केन्द्रिय तहमा भएकाले जिवा लामिछाने, उपेन्द्र महतो र अन्य केन्द्रिय नेताले समर्थन जनाएपछि घलेको प्रस्ताव स्विक्रित भएको थियो । अहिले कुनै एक्लो ब्यक्तिको पहलमा भए झैं विश्वभरिका नेपालीको सहयोग र संलग्नतालाई अनादार गर्नु गलत हो ।

भूकम्प पिडितकालागि धेरै नेपालीले आर्थिक सहयोग गरेका छन् । त्यहि सहयोगमा नेपालमा एन आर एन एले पूनर्निर्माण शुरु गरेको हो । शेष घले एक्लैले दुई करोड सहयोग दिए । तर त्योभन्दा बढि आर्थिक सहयोग दिनेमा एन आर एन ए का संस्थापक अध्यक्ष उपेन्द्र महतो र अफ्रिकाको लागोस स्थित डङ्गोत्री कम्पनीमा संलग्न एन आर एन एका कोषाध्यक्ष हिकमत थापाप थिए । महतोले आफ्नो सामाजिक संस्थ फूलनदेवी फाउण्डेशनका तर्फबाट १५ करोड आर्थिक सहयोग दिएका थिए । त्यस्तै, हिकमत थापाले १० करोड आर्थिक सहयोग तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालाकै हातमा बुझाएका थिए । त्यसैले भूकम्प पिडितलाई आर्थिक सहयोग दिनेमा अध्यक्ष घलेभन्दा एन आर एन ए का अन्य ब्यक्ति थिए । तर तिनको चर्चा प्राय गरिन्न किन ?

किन अध्यक्षले एक्लै लाप्राक नमूना बस्ति बनाएझैं प्रचार गरिन्छ ? के अध्यक्षको एक्लो प्रयासले मात्रै त्यो संभव थियो । यो बस्ति बनाउने प्रस्ताव गरिएको केन्द्रिय समितिको बैठकमा अध्यक्ष स्वयंको प्रस्ताव र केन्द्रिय समितिका अन्य अभियन्तालेपनि समर्थन जनाएपछि यो परियोजना सफल हुन्छ, सफल पार्छन् भन्ने मनशायले यसलाई स्विकार गरिएको थियो । यसमा सहयोग विश्वका धेरै नेपालीले गरेका छन् । अध्यक्ष शेष घलेको दुई करोड वा उपेन्द्र महतोको १५ करोड र हिकमत थापाको सहयोगले मात्रै यो बन्न संभव थिएन । जसले जति सक्यो उति आर्थिक सहयोग दिएका छन् । सकेको समय दिएका छन् । एन आर एन ईटालीकै तत्कालिन अध्यक्ष छेत्र कुमार श्रेष्ठ स्वयं लाप्राक नमूना बस्तिमा केहि समय बिताएर, सकेको सहयोग दिएर फर्केका थिए । यसरि यो परिजनामा समय बिताउने अध्यक्ष घले मात्रै नभएर अरु नेपालीपनि छन् । अध्यक्ष भएका नाताले र यो परियोजना निर्माण गर्ने प्रस्तावकपनि अध्यक्ष घलेनै भएकाले यसमा उनी बढि खटिए होलान् । यसको प्र्शंसा भने गर्नै पर्छ । तर यो परियोजना अध्यक्ष एक्लैले निर्माण गरेझैं जसरि प्रचार गरिएको छ त्यसले अन्य नेपालीको सहयोगको उपेक्षा गर्छ ।

दुई वर्ष अध्यक्ष चलाउँदा आफ्नो ब्यवशायिक क्षेत्र त्यत्तिकै छोडेर, बेवास्ता गरेर एन आर एन ए मा समय दिएको भन्ने जुन तर्क र प्रचार गरिँदै छ त्योपनि एकतर्फी देखिन्छ । शेष घलेलाई उचालेर उनको ब्यक्तिगत छबी कमजोर बनाउनेहरुको चालबाजी हो यो । किनभने अध्यक्ष हुनको लागि तयार बन्नुनै संस्थामा समय, साथ, बुद्दि र नेत्रित्वकोलागि अघि सर्नु होइन ? घले अगाडिका कुन चाहिँ अध्यक्षले समय दिएनन् ? कसको ब्यवशाय थिएन ? जिवा लामिछानेको ब्यवशाय छैन ? देवमान हिराचनको आफ्नो उद्धम नभएर समय फाल्न एन आर एन एको अध्यक्ष बनेका थिए त ?  संस्थापक अध्यक्षको जिम्मेवारी लिएर ६० मुलुकसम्म एन आर एन एलाई फैलाउँदा के उपेन्द्र महत्तोले समय दिएनन् ? उनले आफ्नो ब्यवशायको समय काटेनन् ? करिब सात वर्ष एन आर एन एको नेत्रित्व शुरुवाती कालदेखि लिँदा उनले कति जिम्मेवारी पुरा गरे ? कति अप्ठेरा र चुनौति भोगे ?

अध्यक्षको दुई कार्यकाल के शेष घलेले कोहि अघि नसरेकाले लिएका हुन् ? दोस्रो कार्यकालकालागि भवन भट्ट अगाडि सरेकै थिए । टिबी कार्कीले अध्यक्षमा उमेदवारी दिएकै थिए । के उनी बाध्यकारी अवस्थामा अध्यक्ष बनेका हुन् ? उनैको इच्क्षाले दोस्रो कार्यकालपनि लिन तम्सिएका उनलाई किन बाध्यकारी अवस्थामा अध्यक्ष लिन लगाएझैं प्रचार गरिन्छ ? एन आर एनका का साना पददेखि सेवा र नेत्रित्व गर्दै आएका भवन भट्ट, कुमार पन्तहरुकोपनि त समय गैरहेको छ । के तिनको लगानीको कुनै महत्व हुन्न ? केवल अध्यक्षको समय र संलग्नताको मात्रै एन आर एन ए चल्न संभव छ ?

तपाइँको प्रतिक्रिया