काठमाडौं जाँदै भए सतर्क रहनुस्, चाबी लगाएको सुटकेशबाट यसरिपनि हुन सक्छ चोरी !

परदेशबाट आफन्तलाई केहि उपहार, केहि नौला सामाग्रि, केहि आकर्षक कोसेली लैजाँदै हुनुहुन्छ भने होस गर्नुहोला । सुटकेशमा चाबी लगाएँ भनेर ढुक्क हुनुभयो भने झन ठूलो धोका पाउन सक्नुहुन्छ । चाबी लगाएकै सुटकेशपनि जादुगरले झै आँखा छलेर, फुटाएर काठमाडौं विमानस्थलका कर्मचारीले सामान चोरिगर्न सक्छन् । एन आर एन सउदीका पूर्व अध्यक्ष धरम केसी नेपाल जाँदा काठमाडौं विमानस्थलमा उनको सुटकेश त्यसैगरि चोरीको प्रयास गरियो । चाबी लगाएको उनको सुटकेश विमानस्थलका कर्मचारीले चार कुनाबाट फस्नर धोल्लो पारेर भित्रका सामान चोरि गर्ने प्रयास गरेको केसीले आफ्नो फेस बूकमा तस्विरसहित सार्वजनिक गरेका छन् । 

ताल्चा लगाएकै अवस्थामा फुटाइएको सुटकेशको तस्विर राख्दै उनले फेसबूकमा लेखेका छन् ‘हिंजो अांफैले देखेको, भोगेको, अाफ्नै ब्याग काठमाडाै एअरपोर्टमा अाइपुग्दा यो अवस्थामा । ताल्चा झुण्डिरहेको थियो । तर दुबै साइडबाट ब्याग खोलिइसकेको थियो ।”

त्यसपछि उनले विमानस्थलमा प्रहरीलाई तत्कालै उजुरी गरे । प्रहरीको रोहबरमा ब्याग पुनः खोलियो । सामान केहिपनि चोरिएको रहेनछ । किनभने ब्यागमा चोरलार्इ काम लाग्ने या बेच्न मिल्ने त्यस्ता बहुमूल्य सामान नभएको केसीले उल्लेख गरेका छन् ।

केसीको सुझाव छ ‘सन्देश यही हो कि बहुमूल्य सामान लगेजमा राख्नै हुन्न । ह्याण्ड ब्यागमा राखाैं । लगेजका ब्यागहरू राम्ररी प्याकिंग गराैं । ताल्चाकै भरमा सामान सुरक्षित नहुने रहेछ । एअरपोर्ट प्रशासन, एअरलाइन्स र सुरक्षाकर्मीहरूले हाम्रो एअरपोर्टमा हुने यो खालको चोरीलार्इ दण्डित गरून ।’ उनको प्रश्न छ ‘यो यस्तो पहिलो केश हैन, तर अन्तिम कहिले बन्ला ?’

तपाइँको प्रतिक्रिया