जिवजन्तुको फोटो कथा (२८ औं भाग)

मेक्सिकोको काबो पुल्मो स्थित समुद्रमा पानी मुनी देखिएका माछाका हुल । माछा मार्न बन्देज गरेर ईको वातावरणिय पर्यटकिय थलो बनाउने निर्णय गरेपछि यहाँ मासिन लागेका माछा र अन्य जिव पुन देखिन थालेका हुन् ।  फोटो- अनुआर पत्जाने फ्लोरिउक

मेक्सिकोको समुद्रि किनारमा लामो बसाईसराईबाट थाकेर आराम गरिरहेका चरामाथि उड्दै गरेका अन्य चरा ।

रोमानियाको बाबारुङ्का प्राहोभाको सडक । यो सडकबाट ट्रान्ससिल्भानिया जोडिन्छ । आकाशबाट खिचिएको तस्विर हो यो । फोटो- कालिन स्तान

अमेरिकाको उत्तरी क्यालिफोर्नियाको समुद्री किनारमा डिसेम्बर देखि मार्च महिनाको बिचमा बसाई सराई गरेर लाखौं चराहरु आउने गर्छन् । प्रतिघण्टा १२० माईलको दरले उडिरहेको विमानबाट लिएको तस्विर हो यो । फोटो- जासेन तोदोरोभ

जापानको जिकोगुदानी मन्कि पार्क (बाँदरहरुको पार्क) मा बयस्क बाँदरलाई कन्याईदिँदै अरु बाँदर । यो पार्क पर्यटकहरुको अाकर्षण बनेको छ । फोटो- लान्से म्याकमिलन

 

दक्षिण अफ्रिकाको जंगलमा राती पानी पिउन निस्केको चितुवालाई लुकेर खिचिएको तस्विर । फोटो- बारबरा फ्लेमिङ

भारतको बम्बै हुक भन्ने ठाउँमा पखेँटा सफा गर्दै, कन्याउँदै गरेको बकुल्ला (ग्रेट ब्लु हेरोन) । फोटो- जेरी एम ईन्ड

बंगलादेशको चिया बगानमा चियापा पत्ता टिप्दै गर्दा चियाको रुखमा बेरिएर बसेको बर्मिज पाईथोन (अजिंगर) । फोटो- स्कट ट्रागेसेर

वंगलादेशको एक नदीमा पानी पिउँदै बर्मिज पाइथोन (अजिंगर) । फोटो- स्कट ट्रागेसेर

तपाइँको प्रतिक्रिया