नेपालीसितै रमाएर मनाए ईटालियनलेपनि मिलानमा दशैं

मितेरी मन्च मिलानले दशैं आयोजना गर्ने मेसो मिलायो । बिहानै हलमा एक हुल युवाहरु पसे । पहेंला जमरा टेबलमा राखे । नेपाली ढाका टोलीको लाम लगाइयो । घडा राखे । दशैंको सजावटकालागि झल्लरहरु झुण्ड्याए । अनेक थरी रङले हल सजाउन थाले । त्यहि बेला हलभित्र पसेका केहि ईटालियन नागरिकहरु चकित परे ‘कसरि यस्तो पहेंलो रङको विरुवा उमार्‍यौ ? यो टोपी केको लागि ? यि साना थालीमा के छन् ?’ नेपालीहरुले दशैंका लागि तयारि गर्दै गरेका सामाग्रि र हलको सजावट देखेर ति ईटालियनहरु चकित परेका थिए । तिनको उत्सुकताको पारो उक्लिँदै गएको थियो, दशैं पर्वको औचारिक शुरुवात नहुन्जेलसम्म ।

नेपाल मितेरि मञ्चले ईटालीको मिलान शहरमा मनाएको दशैंको प्रसंग हो यो । यो दशैं धेरै नेपालीकालागि नमूना बन्न सक्छ । किनभने प्रवाशमा आफू बसेको देशका नागरिकहरुलाई समेत निम्तालु बनाएर मनाएको यस्तो दशैं कमै देखिने गरेको छ । गत आइतवार आयोजित यो दशैं मनाउन मञ्चले नेपाल प्रेमी ईटालियनहरु र त्यहाँका राजनितिक संगठनका स्थानियलाईपनि निम्ता दिएको थियो । यो निम्तोलाई स्विकार गर्दै नेपालप्रेमी ईटालियनहरुपनि सहभागि भए । तिनले नेपालीहरुसँगै दशैं मनाए । दशैंको गित सुने । नेपाली ढाका टोपी, दशैंको जमरा र टिका थापे । नेपालीहरुसितै दशैंको नाचगानमा सहभागि भए । तिनले मुक्तकण्ठले नेपाली पर्व र नेपाली एकताको प्रशंसा गरे ।

कार्यक्रमका सभापती नेपाल मितेरी मञ्चका अध्यक्ष विशाल तामाङले मिलान जस्तो सानो शहरमा करिब तिन सय नेपाली मात्रै रहेको र यहाँ सबै जातजाति, भाषा, भाषी, समूदाय, क्षेत्र र चिन्तनका नेपाली एकै सूत्रमा मिलेर बसेको उदाहरण पेश गरे । उनले मिलानवासी नेपालीहरुको यो सद्भाव कुनैपनि हालतमा फुटाउन नदिने र यो सद्बभावलाई अनेक पार्टी, जात र जातिमा बिभाजित गराउन खोज्नेहरुको सपना पुरा हुन नदिने उद्घोष गर्दा तालीले हल गुन्जायमान भएको थियो । उनले भने ‘तिन सय नेपाली रहेको यो शहरमा अनेक स्वार्थकालागि दर्जनौं संस्थाको खाँचो किन ? यहि मितेरी मञ्चबाट सारा नेपालीका सुख, खुशि र गुनासा पुरा गर्न सकिन्न ? मिलेर यहि बसौं, झगडा पनि गरौं, आरोप र प्रत्यारोक, बाद र बिवाद गरौं । तर अन्त्यमा सहमतीमै हाम्रा समस्या हल गरौं र हाँसेरै हलबाट बाहिर निस्कियौं । बिदेशमा बसेका हामी नेपाली अनेक जातजाति र भाषा वा अन्य राजनितिक स्वार्थकालागि फुट्नु हुँदैन । मिलेरी मञ्चले त्यस्तो अवस्था स्रिजना हुन दिने छैन ।”

कार्यक्रमका प्रमुख अतिथि पत्रकार, लेखक ददि सापकोटाले ‘सबै नेपालीलाई बिभाजित नभैकन मिलेर बस्न सुझाव दिए । उनले ‘नेपालीहरु आफ्नो देशका नेता, सामाजिक संरचना, आर्थिक अवस्थालगायत अनेक समस्याले पिल्सिएर आएपनि बिदेशमा आएर फेरि तिनैको सिको नगर्न सुझाव दिए । बरु सर्वप्रथम आफ्नो घर र परिवार मिलाएर बस्न आग्रह गरे । ‘सबैभन्दा पहिले तपाईहरु आफ्नो ब्यक्तित्व बनाउनुस । आफ्नो घर र परिवार बलियो बनाउनुस । त्यसपछि जति सकिन्छ त्यति सामाजिक काम गर्नुस, समाजका बारेमा सोच्नुस ।’

बिदेशमा आएका नेपालीहरुले आफ्ना वालवालिकाको भविष्य उच्च बनाउनुपर्ने र आफू बसेको देशका नागरिकसित प्रतिस्पर्धा गर्न सक्ने बनाएर उच्च पदमा पुग्ने बनाउनुपर्नेमा उनले जोड दिए ‘तपाई हामीले हाम्रा वालवालिकालाई यो देशको उच्च निकायमा पुगेका ईटालियन नागरिक सरह बनाउन सक्नुपर्छ । हामीले जस्तै अरुले छोडेका सानातिना काम हाम्रा वालवालिकालेपनि खोज्दै भौंतारिने बनाउनु हुन्न । यो देशका उच्च पदमा पुगेका नागरिक सरह हामीले हाम्रा वालवालिकालाई बनाउन सके मात्रै हाम्रो इज्जत र प्रतिष्ठा उच्च बन्छ र त्यस्ता वालवालिकाकालागि हामीले धन सम्पत्ती थुपारेर राखिदिनुपनि पर्दैन ।’ आफ्ना वालवालिका सभ्य, सुसंस्क्रिति र शालिन बन्छन् कि बन्दैनन् त्यो नेपाली समाज र नेपाली समूदायको ब्यवहारबाट सिकेर अनुसरण गर्ने बताए ।

यस्ता कार्यक्रमहरुमा वालवालिकाहरुकालागि मनोरन्ज्नको पाटो हेक्का राख्ने गरिन्न । तर यो पटक दशैं कार्यक्रमको आयोजना गर्दा नेपाल मितेरी मञ्चले त्यो हेक्का राखेको थियो । वालवालिका रमाउने भोजन मात्रै होइन तिनकालागि रमाईलो बनाउन वालवालिकाले बेलुन फुटाउने प्रतिस्पर्धा गरे । त्यसकालागि हरेक वालवालिकाको गोडामा बेलुन बाँध्ने र हरेकले आफ्नो बेलुन जोगाउँदै अर्काको बेलुन फुटाउने । अन्तिममा जसको बेलुन सुरक्षित रहन्छ उहि बिजय बन्ने । यसमा शेरलिन घिमिरे, उन्नती पौडेल र स्वेता सुबेदी क्रमश प्रथम, दोस्रो र तेस्रो बन्दै पुरस्कार हात पारे ।

आफ्ना चेलीहरुपनि रमाउन् भनेर चेलीबेटीहरुकालागि पनि म्युजिकल चेयर भन्ने प्रतिस्पर्धा राखिएको थियो । त्यसमा जति जना महिला सहभागि छन् ति सबैकालागि एक एक वटा कुर्सीको ब्यवस्था । पछि एक एक वटा कुर्सी घटाउँदै लैजाँदा जो कुर्सी बिहिन हुन्छ ऊ कार्यक्रमबाट बाहिर निस्किनुपर्थ्यो । अन्तिममा जसले कुर्सी ओगटन् सक्छ उहि बिजेता बन्ने प्रावधान थियो । यसमा ममता पोख्रेल, रन्जना खरेल र स्म्रिति थापा क्रमश प्रथम, दोस्रो र तेस्रो बने ।

कार्यक्रममा गित, कविता र न्रित्यमा भाग लिन उत्सुककालागि ब्यवस्था गरिएको थियो । अग्रिम नाम लेखाउनेले आफ्नो आफ्नो खुबी वा रहर प्रस्तुत गर्न सक्थ्यो । यहि प्रावधान अनुसार धेरैले आफ्ना गित, न्रित्य र संगित सुनाए । नेपाली गितमा साना साना वालिकाहरुले लोभलाग्दा नाच देखाएर ईटालियन समाजसेवी र नेपालप्रेमीहरुलाई चकित पारिदिए ।

कार्यक्रम ढिलोसम्म आइपुग्नेले टिका र जमरा लगाएर दशैंको धित मार्न पाउने ब्यवस्था मिलाइएको थियो । त्यसमा नेपाली टोपी, टिका र जमरा लगाएर थुप्रै ईटालियनहरु मख्ख परेका थिए । नेपालमा ४० पटक सम्म भ्रमण गरेकी सिल्भीले नेपालको मुक्त कण्ठले प्रशंसा गरेकि थिईन् । नेपालप्रेमी ईटालियनहरुलाई आफ्ना भावना राख्न भनिएको थियो । पहेंला जमरा, दशैंको गित र धुन, नेपाली ढाका टोपीमा सजिएका ईटालियन र नेपाली पुरुष, सारीमा सजिएका नेपाली चेली, जमरा र रातो टिका लगाएर मुसुक्क मुसुक्क मुस्कुराउँदै नेपालीहरुसितै बसेर नेपाली खानामा रमाएका ईटालियन नागरिक । झट्ट हेर्दा यो नेपालको दशैं जस्तो लाग्थ्यो ।

कार्यक्रममा रमाएका धेरै नेपालीले टिप्पणी गरेका थिए ‘यस्तो दशैं त कहिल्यै भएको थिएन मिलानमा ।’ केहिको भनाई थियो ‘यस्तो दशैं त बिदेशमा हामीले देखेकै थियनौं । यस पाली साँच्चै धित मर्नेगरि दशैं मनाउन पाईयो ।’

तपाइँको प्रतिक्रिया