जिवनयापनका लागि विश्वका यि हुन दश उत्क्रिष्ठ देश

विश्वमा दैनिक जिवन यापनकालागि कुन देश सबैभन्दा उत्तम होला ? केका आधारमा कुन देश उत्क्रिष्ठ दर्जामा पर्छन् ? विश्वको सबैभन्दा उत्क्रिष्ठ देश स्विजरल्याण्ड मानिएको छ, सन् २०१७ को अध्ययन अनुसार । आर्थिक, सामाजिक, जिवनस्तर र जिवन जिउनकालागि सेवा र सुविधाहरुको अध्ययनबाट स्विजरल्याण्ड विश्वको सर्बोत्क्रिष्ठ देश ठहरिएको हो ।

अमेरिकाको पेनिन्सिल्भियास्थित वार्टन स्कूल अफ युनिभर्सिटी अफ पेनिन्सिल्भिया र वाई एण्ड आर बाभ कन्सोल्टिङ एजेन्सिले विश्वभरिका देशहरुको जिवनयापनको स्तरबारे अध्ययन गरेको थियो । उसले सन् २०१७ का लागि विश्वका मुलुकहरुको जिवनयापनको सेवा र सुविधाको मापन गर्दा स्विजरल्याण्ड पहिलोमा परेको हो ।

युरोपलाई विश्वका मानिसहरुले ब्यापारकालागि खुला ठान्छन् । ब्यापारि, उध्योगी र ब्यवशायीहरुकालागि उर्बर मान्छन् । नागरिककालागि जिवन जिउनकालागि सेवा र सुविधा भएको थलो ठान्छन् । विविध भाषा र संस्क्रिति भएकाले सांस्क्रितिक महत्व भएको मानेर धेरै देशका मानिस आकर्षित हुन्छन् । त्यसैले युरोपतिरको आकर्षण बढेको देखिन्छ ।

यो वर्ष मूल्यांकनकर्ताले ८० देशको अध्ययन गरेका थिए । गत साल ६० देशको मात्रै अध्ययन गरिएको थियो । जिवन जिउनकालगि वातावरण, सेवा र सुविधा, आर्थिक अवस्था र शक्तिले मानिसको जिवनमा के कसरि प्रभाव पारेको छ र विश्व परिस्थितिमा नागरिकहरुले कसरि मूल्यांकन गर्छन् भन्ने विषयलाई तुलना गरेर हेरिएको थियो । यि सबै विषयको मापनले स्विजरल्याण्ड विश्वको प्रथम योग्य देश देखिएको हो ।

त्यसपछि दोस्रो क्यानडा परेको छ । बेलायत तेस्रो नंबरमा छ । गत २०१६ मापनि दोस्रो र तेस्रो यिनै थिए । जर्मनी गत साल पहिलो थियो । यस पटक खस्केर चौथोमा परेको छ । जापान पाँचौं स्थानमा छ । यसैगरि छैठौं, सातौं, आठौं, नवौं र दशौंमा क्रमश : स्विडेन, अमेरिका, अष्ट्रेलिया, फ्रान्स र नर्वे छन् । चिन २०ं स्थानमा छ । भारत २५ औं स्थानमा छ भने नेपालको र्यान्किङनै गरिएको छैन । विश्वको सबैभन्दा शक्तिशाली देश अझैपनि अमेरिकानै परेको छ भने दोस्रोमा रसिया छ । तर डोनाल्ड ट्रम्पले राष्ट्रपतीमा जितेपछि भने अमेरिका रसियाको तुलनामा घट्दै जान लागेको तथ्यांकले बताएको छ ।

तपाइँको प्रतिक्रिया