बेल्जियमको प्रतिष्ठित अस्पत्तालमा दोभाषेसहित नेपालीलाई उपचारको पहल

एनआरएन वेलिजयमका नवनिर्वाचित अध्यक्ष लोक दाहालको पहलमा बेल्जियमको अन्तर्पेनस्थित प्रसिद्द अस्पत्तालमा नेपालीहरुले उपचार गर्न पाउने पहल थालिएको छ । वेल्जियमको एन्टवेर्पन शहरको इडिगेममा रहेको युनिभर्सिटि जिकनहाउस एन्टवेर्पन (ग्श्ब्) इडिगेमका मुख्य निर्देशक जोनी भानडर स्ट्राटनसँग नवनिर्वाचित एनआर एन वेल्जियमका अध्यक्ष लोक दाहालले भेटघाट गरि यो पहल थालेका हुन् । भेटघाटमा नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले बेल्जियममा रहेका नेपालीहरुले स्वास्थ्य उपचारमा झेल्नु परेका समस्याका बारेमा चिकित्सकसमक्ष प्रष्ट पारेका थिए ।

नेपालीहरुले आफुलाई भएको स्वास्थ्य समस्याबारे स्पष्ट भन्न नसक्दा र पारिवारिका डक्टरले समयमै स्वास्थ्य परिक्षणकोलागि अस्पत्ताल वा विशेषज्ञकोमा सिफारिस नगर्दा नेपालीहरुले दुख झेल्नुपरेको स्पष्ठ पारिएको थियो ।

यि समस्याहरुलाई मध्यनजर गर्दै अब बेल्जियमभरिका नेपाली विरामीले उक्त अस्पत्तालमा विशेष तवरबाट उपचार गरिने सहमति भएको छ । त्यसका लागि सो अस्पत्तालकाका विभिन्न क्षेत्रका चिकित्सकका विभागिय प्रमुखहरुसँग अस्पत्ताल प्रशासनले छलफल गर्ने छ । त्यसपछि नेपाली विरामीले सिधै संवन्धित विभाग र चिकित्सकसित सम्पर्क गरि भेटघाट माग्न सक्नेछन् । विरामीले चाहेको खण्डमा नेपालीबाट डच वा नेपालीबाट अंग्रेजी दोभाषेको व्यवस्था गरिने छ ।

नेपालीका यि समस्यालाई अस्पत्तालको उच्च निकाय र प्रशासनसित मिलेर एउटा पद्धतिमा विकास नगर्दासम्म यो भेटघाट गराउने काम अध्यक्ष लोक दाहाललेनै गर्ने छन् । भविष्यमा वेल्जियममा दर्ता हुन नसकेका नेपालीहरुको उपचार समस्या हल गर्न नेपाली समुदायले सामुदायिक विमा गरेर त्यसको लाभ लिन सक्ने विषयमापनि छलफल भएको छ ।

विभिन्न देशमा प्राकृतिक विपत्तिहरु आउँदा बेल्जियमको तर्फबाट परोपकारी सहयोग गर्नका लागि बनेको वि फास्ट टिमका प्रमुख डा लुक व्युकोर्टले यो भेटघाटको ब्यवस्था गरेका हुन् । उनले विगतमा त्यहि अस्पत्तालको आकस्मिक ईकाई प्रमुखको रुपमा काम गरिसकेका छन् । विगत केही वर्षदेखि उनले नेपाल र बेल्जियममा रहेका नेपाली समुदायलाई सहयोग गर्दै आएका छन् । त्यसैको मुल्यांकन गर्दै हालसालै उनलाई नेपाल बेल्जियम मैत्री संघको अध्यक्ष बनाइएको छ ।

तपाइँको प्रतिक्रिया