फोटोमा जिवजन्तु (२५ औं भाग)

स्पेनको मलागामा रहेको फुएन्ते दे पियद्रा प्राक्रितिक आरक्षमा सुख्खा हुनै लागेको जमिनमा चरिरहेको एक फ्लेमिङ्गो चरा । फोटो- जोन नाज्का / रोयटर्स

बेलायतमा फेला परेको नयाँ प्रजातिको बार्ड ग्रास स्नेक (घाँसमा बस्ने सर्प) । बेलायतमा यो फेला परेपछि अब सर्पको प्रजाति चार पुगेको छ । फोटो- वुल्फगाङ बोह्मे, सेचेकेन्बर्ग रेसिय ईपिए

साउथ अफ्रिकाको केपटाउनस्थित वर्ल्ड अफ बर्डस वाईल्डलाईफ सेन्चुरी (विश्व चरा आरक्षण केन्द्र) मा आँखा पछाडी फर्काएर हेर्दै गरेको सेक्रेटरी भनिने चरा । फोटो- निक बोथ्मा / ईपिए

आनेडियन कन्डोर भनिने चरा चिलीको टोर देल पाइने राष्ट्रिय निकुञ्जमा पर्ने हिमालमाथि उड्दै । यो फोटोले वातावरणको क्षेत्रमा चराको उपशिर्षक अन्तर्गतको विश्व फोटो प्रतिस्पर्धामा गोल्ड विनरको पुरस्कार जितेको हो । फोटो- बेन हल, २०१७

अन्टार्कटिका क्षेत्रको हिमले ढाकेको भागमा पोलार भालुको परिवार । फोटो- लेभ फेडोसेयेव / गेटी इमेजेज


जंगली गाईहरुको एक बथान केन्याको मासाईमारामा सूर्यास्तका बेला क्षितिजको लाईन पार गर्दै। फोटो- इङो गेर्लाख / बारकोट मेडिया

रुबी टेल्ड वास्प भनिने कमालकुट्टी झारमाथि । फोटो- सान्ड्रा स्टान्ब्रिज / आलामी

जर्मनीको बर्लिनमा रहेको तियरगार्तेन पार्कको सानो गोरेटो पार गर्दै लुइसियाना क्रवफिस (माछा) । फोटो- आडाम बेरी / गेटी इमेजेज

बेलायतमा च्याउको बोटमाथि क्रेनफ्लाई भनिने किरा । यि किरा वर्षादका बेला देखा पर्छन् । फोटो- कोरिन मानिङ

फ्रान्सको पूर्वी भागमा रहेको र युरोपकै सबैभन्दा अग्लो हिमाल मोँ ब्लँ को शिखरमा सजिलोसित पुग्न सकिने मार्ग भनेर चिनिने प्रसिद्द ‘कुल्वा दु गुते’ को चट्टानमाथि हिमाली भेडो । फोटो- फिलिप देस्माज / ए एफपी

केन्याको नैरोबीस्थित फोहोर थुपार्ने ठाउँ (डम्पिङ साईट) मा थुपारिएको पुनर्प्रयोग गर्न मिल्ने (रिसाईक्लिङ) प्लास्टिकका थुप्रो माथि दुई वटा गरुड (माराबु स्टोर्क) । फोटो- थोमस मुकोया / रोयटर्स

नैरोवीको राष्ट्रिय निकुञ्जमा वन्यजन्तु रक्षकहरुले गस्तीमा जाँदा अलपत्र परेको गैंडाको केटो फेला पारे । त्यसलाई लठ्याउने औषधीसहितको सुई हानेर उपचार गरियो । औषधीले छोडेपछि उठेको गैंडादेखि डराएर भाग्दै गरेका वन्यजन्तुविद, प्राविधिक र वन रक्षकहरु । फोटो- टोनी करुम्बा / ए एफ पी

तपाइँको प्रतिक्रिया