युरोपमा खादा र चन्दाको राजनिति

दीपेन्द्र गजुरेल / बार्सिलोना, स्पेन

युरोपको नेपाली समाजमा आजभोली खादा र सम्मानका लागि सामाजिक संघ संस्था तथा कम्पनी खोल्न तछाडमछाड गरेको देख्न थालिएको छ । जन्मभुमि छाडेर समुन्द्रपारीको कर्मभुमिमा आफ्नो दुखशुख जिवनयापन गर्नका लागि नेपालबाट युरोप मोहका कारण विभिन्न राष्ट्र हुँदै सुरक्षित गन्तब्यलार्इ पहिचान गरेर स्पेन,पोर्तुगलमा कागजपत्रको सहज बस्न सक्ने ब्यवस्थालार्इ हेरेर नेपाली,भारतीय लगायत विभिन्न मुलुकहरुबाट बसोबास गर्ने गरेको पार्इन्छ । विभिन्न मुलुकहरुबाट यहाँ बसोबास गर्ने मान्छेहरु मध्येको हामी नेपाली खादा र सम्मानका लागि एक अर्कालार्इ लडाउने पछार्ने,तछाडमछाड,राजनितिक,गुटबन्दी लगायत विभिन्न कामहरुमा हामी लागेका छौं ।

नेपाली समाज युरोपहरुमा धेरै खुलेको भएता पनि कुनैपनि नेपालीहरुलार्इ च्याउ जसरी खुलेका संस्थाहरुले अहिलेसम्म उदाहरणिय काम भने गरेको छैन् । नेपालीको मृत्यु हुँदा बाहेक कुनैपनि एउटा नेपालीलार्इ चार दर्जनौं सामाजिक संस्थाहरु भएपनि अहिलेसम्म कागजपत्र बनाउने, समस्यामा परेको अवस्थामा उद्धार गर्ने कामहरु भएको सुनिने गरेको छैन् ।

स्पेनमा करिब दश हजार हाराहारीमा बसोबास गर्ने भएतापनि कतिपय नेपाली आउने बित्तिकै बैंकको छेउछाउ तथा सडकमा सुत्ने गरेको देख्न  सकिन्छ । नेपालीहरुको साझा संस्थाको रुपमा एनआरएनए भनेर हल्ला गरिएको भएता पनि आफ्नो अनुकुलता अनुसार एनआरएनएलार्इ आफ्नो दुनो सोझ्याउने काम र गुटबन्दी तथा आफु अनुकुलका मान्छे नियुत्तीदेखि विभिन्न काममा एनआरएनएको लोगो प्रयोग हुने गरेको थुप्रै जनगुनासो सुनिने प्रशस्त सुनिने गरेको छ ।

नेपाली समाजमा नमस्कार तथा खादाका लागि खुल्ने संस्था र काम भन्दा चाकरी एवम् घुलमिल हुने र नार्इ भन्न नसक्ने मान्छेहरुलार्इ विभिन्न खेल,मनोरञ्जन लगाएतका कार्यक्रमहरु ल्याएर जबरर्जस्ती  टिकट किन्न लगाउने, प्रचार प्रचारको नाममा सदस्यता बनाउने,आफ्नो अनुकुल पैसा उठाउने परम्परा हावी हुँदै गएको छ । स्पेनमा लामो  समय बसोबास गर्नेहरु राजनितिक देखी निकै पर रहेर आफ्नो ब्यवसाय संञ्चालन गर्दै आएका छन् ।

एनआरएनए निर्वाचनको लागि भोट बैकको रुपमा मान्छेहरुको आवश्यकता भएकाले यहाँका मान्छेहरुमा एउटा भने निकै राम्रो ब्यवहार देखिने गरेको छ । त्यो भने राम्रो नराम्रो जसले जे गरेपनि कसैले यस्तो गर्दा अलि राम्रो हुन्छ सल्लाह सुझाब दिन भने सकेका छैनन् । पुरानो पुस्ताले नयाँ आउने युवा पुस्ताहरुलार्इ कुनैपनि सल्लाह नदिने गर्दा युरोपमा आउने नयाँ पुस्ताहरुका युवाहरु अन्यौलमा पर्नेगरेका छन् । नेपाली समाजमा राजनिति मौलाएको नौलो कुरा होर्इन । त्यहि परम्परा स्पेनमापनि ब्यापक मौलाएको आजभोली भान हुने गरेको छ । राजनिति गर्ने र युवाहरु सामाजिक संघ संस्थाले जेजसरी चन्दा संकलन गरे पनि मौन बसिदिँदा भोली समस्या विकराल भएर नआउला भन्न सकिँदैन् ।

स्पेनमा खुलेको सामाजिक संघ संस्थाका नेतृत्व तथा राजनितिक गर्नेहरुले समयमा युवाहरुलार्इ सचेत नगर्ने हो भने चन्दा रकमअसुलीले समस्या नल्याउला भन्न सकिदैन् । यस तर्फ सबैको बेलैमा ध्यान जान जरुरी भएको चियागफमा सुनिने गरेको छ । आजभोली स्पेनका शहरहरुमा च्याउ जसरी खुलेका सामाजिक संस्था तथा कम्पनिहरुले एकधिकार रुपमा रकमअसुली गरेकोमा सबैलार्इ यस तर्फ ध्यान दिएर सचेत रहन आव्हान गरिने गरेको छ । यस्तो सुनिने गरेको एनआरएएका अध्यक्षले सार्वजानिक कार्यक्रमहरुमा अभिब्यत्ति समेत दिने गरेका छन् ।

तपाइँको प्रतिक्रिया