फोटोमा जिवजन्तु (२४ औं भाग)

मस्को शहरको बाहिर जालोमा बसेर आहारा ढुकिरहेको माकुरो । फोटो- युरी कादोब्नोभ / ए एफ पी


रसियाको कामचट्का स्थित आभाचा खाडीमा खेलीरहेका सि लायन । फोटो- युरी स्मित्युक / टास

मदागास्कारको थोरोम्बे क्षेत्रस्थित ईसालो राष्ट्रिय निकुञ्जमा एक लेमुर बाँदर । फोटो- जनैन हैदार / ए एफ पी

मस्कोको अलि बाहिर रहेको एक बगैंचामा सोर्बारिया सोर्बिफोलिया भनिने फूलमाथि चढ्दै गरेको गोब्रेकिरा । फोटो- युरी कादोब्नो / ए एफ पी

मेक्सिकोको लक्स्काला प्रान्तस्थित नानाकाम्पिल्का शहरमा रहेको सान्तक्लारा आरक्षमा जूनकिरीले बालेको बत्ती । भालेपोथी खोज्ने बेला जूनकिरीहरु यसरि एकै थलोमा जम्मा हुन्छन् र बत्ती झन चर्को बाल्ने गर्छन् । फोटो- एड्गार

पेरुको पुइ पुइ क्षेत्रमा पाइएका तिन नयाँ प्रजातीका भ्यागुता मध्ये एक । यसको नाम कुटिन अफ माउन्टेन । फोटो- रुडोल्फ भोन मे /युनिभर्सिटी अफ मिचिगन

श्रीलंकाको समुद्री क्षेत्रको निगरानी गर्ने डुंगासहितका समुद्री उद्दारकहरुले पौडी खेल्न पुगेर समुद्रमै फसेका दुई हात्तीको उद्दार गर्दै । फोटो- सिन्हुवा

राजा महा भजिरालोङ्कोरनको ६५ औं जन्मदिनको अवशरमा थाईल्याण्डका विध्यार्थीहरु त्यहाँको चोङबुरीस्थित कछुवा संरक्षण केन्द्रमा कछुवाका बच्चा छोड्दै । उनीहरुले दूर्लभ श्रेणीमा पुगेका हक्सबिल र ग्रिन टर्टल भनिने कछुवा करिब एक हजार त्यहाँ छोडेका हुन् । फोटो- रुङ्रोज योङ्रित / ईपिए

बेलायतको योर्क्सायरमा होगविड बोङकिङ बिटल भनिने किरा र येलो डङ फ्लाई भनिने किरा तारको एकै मार्गमा आमनेसामने । फोटो- अलामी

फ्रान्सको बोर्दोस्थित पेसाक सदर चिडियाखानामा रहेको तालमा माछा पक्रिँदै जागुर (चितुवा) । युरोपमै पहिलो पटक फ्रान्सले यस्तो चिडियाखाना बनाएको छ की जहाँ दुई वटा जागुर राखिएका छन् । बाहिरबाट दर्शकहरुले यि जागुरले शिकार गरेको अवलोकन गर्न पाउँछन् । यिनले जलचर समाउन उपयुक्त पोखरीमा एक सय क्युबिक मिटर पानी संचित हुने बनाइएको छ  । फोटो- मेह्दी फेदुवाच  / ए एफ पी

जर्मनीको फ्रिबुर्गमा सूर्यमुखी फूलमा बसेको फट्याङ्रो । फोटो- पात्रिक सेगेर / गेटी इमेजेज

क्रिप्स (बिस्कुट जस्तो खाद्द पदार्थ) राखिएको टिनको बट्टामा राखेर तस्करी गरि अमेरिका पुर्‍याइएको गोमन सर्प । बट्टा फुटाउँदा सर्प बाहिर निस्किएको थियो । फोटो- रोयटर्स

तपाइँको प्रतिक्रिया