फोटोमा जिवजन्तु (२३ औं भाग)

चिनको गान्सु जेङ्गी राष्ट्रिय भूगोलपार्क । रंगिन देखिएका यि चट्टान दुई करोड ४० लाख वर्ष अघिदेखि बाहिरी सतहमा जमेर बसेका हुन् । फोटो- सिन्हुवा

अफ्रिकन हन्टिङ डग । ति समूहमा बस्छन् । हैकमवालाले कमजोरलाई दबाएर राख्छन् समूहमा । पाको भएपछि पोथीले आफ्नो समूह छोडेर हिँड्छे । फोटो- द गार्डियन दैनिक

द ग्रे उल्फ (ब्वांँसो) । यो जातिको समूहमा सबैभन्दा ठूलो प्रजातिमा पर्छ यो । यसले आफ्नो शिकारलाई डेढ किमी परैबाट सुँघेर पत्ता लगाउँछ र प्रतिघण्टा ४५ किमी भन्दाबढिको बेगमा दौडिन सक्छ ।  फोटो- द गार्डियन दैनिक

तिब्बतको कियाङताङ प्राक्रितिक आरक्षमा ब्ल्याक नेक्ड क्रेन (सार चराको जातिमा पर्ने) का जोडी आफ्नो बचेरोसित । फोटो- चोगो / सिन्हुवा

नेपालको ललितपुरमा बाँसको रुखमा गूँड बनाएका तोपचरा । फोटो- नभेश चित्रकार / रोयटर्स

केन्याको ललिकिपिय प्रान्तमा जंगली जनावसितै चरिरहेका गाइवस्तु । यसरि पाल्तु जनावर वन्यजन्तुसितै चरिदिनाले पाल्तु जनावरको सरुवा रोग लागेर वन्यजन्तुहरुलाई असर पर्ने गरेको छ । फोटो- टोनी कारुम्बा / ए एफ पी

जर्मनीको फ्रेसडोर्फनजिकै सूर्यमुखी फूलको रसलिन जाँदै गरेको माहुरी । फोटो- ए एफ पी

कोलम्बियाको उरम्बा बहिया मलगा राष्ट्रिय निकुञ्जमा उड्दै गरेको पेलिकन चरा (देव हाँस) । फोटो – ए एफ पी

गोब्रेकिरा (बिटल) को समूहमा पर्ने किरा रसियाको सिखोटे प्राक्रितिक आर्क्षमा फूलको रस चुस्दै । फोटो- युरि स्मित्यो / द गार्डियन दैनिक

बाँदरको संख्या अति बढेपछि तिनको संख्या घटाउन थाईल्याण्डको खिरि खान प्रान्तस्थित हुवा हिन शहरमा परिवार नियोजन गरिँदै । वाटकाओ ताकियाव मन्दिरमा तिन हजार भन्दा बढि बाँदरको संख्या भएपछि तिनले स्थानिय र पर्यटकलाई सताउन थालेकाले परिवारनियोजन गर्न थालिएको हो । फोटो- नारोङ साङनाक / एपिए

अफ्रिकाको दक्षिण मलवी स्थित मजाते शिकार आरक्षबाट केन्द्रिय भागको खोताकोतास्थित आरक्षमा हातीहरु स्थानान्तरण गर्न ट्र्कमा हालिँदै । यहाँका पाँच सय हात्ती उता सारिँदै छन् । फोटो- ए एफ पी

तपाइँको प्रतिक्रिया