फोटोमा जिवजन्तु (२२ औं भाग)

भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज बाढीग्रस्त क्षेत्र हो । यहाँका जंगली हात्ती बाढी अ औनेबेला बसाई सर्छन् । सडक पार गर्दै गरेको जंगली हात्ती हेर्दै आसामको काजिरंगा राष्ट्रिय निकुञ्ज नजिकका गाउँलेहरु । फोटो- अनुवार हाज्रिका / बारकोट मेडिया

हंगेरीको होर्तोबागी चरा अस्पत्तालमा भँगराको बचेरालाई आहारा खुवाईँदै । फोटो- लाज्लो बालोख / रोयटर्स

तान्जानियाको एनगोरोएनगोरो वन्यजन्तु संरक्षण आरक्षमा चितुवाको छाउरोलाई दुध  चुसाउँदै सिंहिनी । फोटो- जुपभान्दर लिन्डे / एपी

पोल्याण्डको जेक्जेसिन एनिमल फाउण्डेसनले फेला पारेको खरायो प्रजातिका चार बच्चा । तिनलाई केहि समय जंगली बानी ब्यवहारको तालिम दिएर फेरि जंगलमै छोडिने छ । फोटो- मार्सिन बियलेक / एपिए

श्रीलंकाको उत्तरपूर्वी समुद्री छेउमा रहेको समुद्रमा परेर तैरिन खोजिरहेको एक हात्तीलाई उद्दार गर्न खोज्दै जिवजन्तु विशेषज्ञ र प्राविधिकहरु । उनीहरुले आठ घण्टा लगाएर यो हात्तीलाई उद्दार गरे । फोटो- एपी

तिब्बती म्रिगहरुको एक बथान आफ्नो प्रजननस्थल चाङताङ राष्ट्रिय वन्यजन्तु संरक्षित क्षेत्रतिर बसाई सर्दै । फोटो- सिन्हुवा

तिबेतन म्रिग (तिबेतन एन्टोलोप) को पाठो वन्यजन्तु संरक्षित क्षेत्रमा । फोटो- सिन्हुवा

भारतको गिर राष्ट्रिय निकुन्ज नजिकको अंरापुर गाउँबाट एशियन सिंहको बच्चालाई उद्दार गरिँदै । फोटो- केके प्रोडक्सन

ग्रेट व्हाईट पेलिकन (देव हाँसको प्रजाति) हाँस चेक गणतन्त्रको दिभुर क्रालोभे सदरचिडियाखानामा माछा खाँदै । फोटो- स्लाभेक रुदा / रेक्स पिक्चर्स

पिकक बटरफ्लाई (पूतली) जर्मनीको ड्रेस्डेन बन्ने ठाउँमा । फोटो- मोनिका स्कोलिमोवस्का / एएफपी

ईटालीको माउन्ट भेसुभिउसमा रहेको वनमा लागेको डढेलो । फोटो- आलेसिस पादुवानो / गेटी इमेजेज

ईन्डोनेशियाको पूर्वी जाभास्थित सिदोआर्जो वेर्थ्रेड हर्नबिल (धनेश चरा) राख्ने पिँजडा बरामत गर्दै अधिकारीहरु । फोटो – ए एफ पी

अमेरिकाको सिनसिनाती सदरचिडियाखाना उमेरपुग्नु अगावै जन्मेको निले हिपोपोटामसको बच्चा पहिलो पटक आफ्नी आमासित पौडि खेल्दै । फोटो- मिसेल कर्ली / एपी

क्यानडाको ओन्तारियोमा लाभेन्डर भनिने प्रजातिको माहुरी फूलको रस चुस्दै । फोटो- जु झेङ / सिन्हुवा

चेक गणतन्त्रको जिलाभा सदर चिडियाखानामा आफ्नी माउसित फ्लेमिङ्गोको बचेरा । फोटो- स्लाभेक रुता / रेक्स

तपाइँको प्रतिक्रिया