एन आर एन ए यूकेका पूर्व अध्यक्ष क्षेत्री र घले किन खनिए पत्रकारमाथि ?

आफूलाई सामाजिक अगुवा ठान्ने एनआरएनए यूकेका पूर्व अध्यक्ष योगेन क्षेत्रीले लन्डनस्थित नेपाली पत्रकारमाथि जंगली व्यवहार देखाएका छन् ।

यही ९ सेप्टेम्बरमा हुन लागेको एनआरएनए यूके निर्वाचनको बुथ निर्वाचन समितिको अधिकार बाहिर गएर सार्ने षडयन्त्रमा संलग्न क्षेत्रीले उक्त योजना बिफल भएको समाचार लेख्ने स्थानीय वीनेपालीडटकम आवद्ध पत्रकारहरुमाथि सामाजिक सञ्जालमा तल्लो स्तरमा ओर्लेर गालीगलौज गरेका हुन् । वीनेपालीडटकममा नेपालको मुलधारमा काम गर्ने पत्रकारहरु आवद्ध छन् ।

एकसय पाउण्ड घुस लिएर अर्काको चरित्र हत्या गरेको आक्षेप लगाउंदै क्षेत्रीले त्यस्ता पत्रकारलाई ‘भाते पत्रकार अवार्डस्’ दिनुपर्ने समेत बताएका छन् ।

सकारात्मक सोच बेलायतका संयोजक एवं एनआरएनए आइसीसी सल्लाहकार डमर घलेको ‘पत्रकारहरुलाई सामाजिक वहिष्कार गर्नुपर्ने’ स्टाटसमा क्षेत्रीले समाचार पछाडि कसैको हात रहेको आरोप लगाएका छन् । स्रोतका अनुसार, घले र क्षेत्री अध्यक्षका प्रत्यासी योगकुमार फगामीलाई जिताउन सक्रिय छन् । उनीहरुले उद्दण्ड युवाहरुको एक झुण्ड अनौपचारिक बैठकमा बोलाएर होहल्ला गर्दै निर्वाचन बुथ सार्ने षडयन्त्र गरेपनि त्यो सफल भएन । एनआरएनए आइसीसी अध्यक्ष शेष घलेको संरक्षण पाएको बताउने डमर घलेले बेलायत समितिको निर्वाचनमा हस्तक्षेप गरिरहेको केही उम्मेदवारको गुनासो छ ।

आफूलाई सकारात्मक सोच अभियान बेलायतको संयोजक बताउने विकृत मानसिकता भएका घले एनआरएनए यूके बिगार्ने मध्येका एक खेलाडी हुन् ।

(योगेन क्षेत्रीले कस्तो भाषा प्रयोग गर्छन् हेर्नुस्)

शैक्षिक योग्यता नभएका क्षेत्रीले यसअघि पनि पत्रकारहरु र सामाजिक अगुवामाथि सार्वजनिक रुपमै निकृष्ट व्यवहार एवं गाली गलौज गर्दै आएका थिए । एनआरएनए यूकेमा उनी एक वर्ष अध्यक्ष हुंदा गिरेको संघको प्रतिष्ठा अझै उकासिएको छैन् । तत्कालिन समयमा सहमति अनुसार एक वर्षपछि अध्यक्ष पद छाड्नुपर्नेमा त्यो नछोडेर क्षेत्रीले समाज विभाजन गराएका थिए ।

कथित कांग्रेसी नेता बताउने सूर्य तामाङ, तमुधिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ र बील पुर्जामगरले पनि पत्रकारलाई सखाप पार्न चुनौति दिएका छन् । यी सबै जातीय लेपमा सामाजिक विखण्डन ल्याउन उद्दत ठानिन्छ ।

तपाइँको प्रतिक्रिया