बेल्जियममा नेपालीले अप्नाए नेपालकै जस्तो चुनाव प्रचार शैली

(ब्रसेल्समा चुनावी प्रचार)

बेल्जियम सानो नेपाल हो । यहाँका नेपालीले नेपालको पारा, शैली, स्वाद र रस छोडेका छैनन् । अरु त के, चुनावको शैलीसमेत नेपालकै जस्तो छ । बेल्जियमको कुनैपनि खाले निर्वाचनमा सडक, चोकमा बसेर उमेदवारले प्रचारप्रसार गर्ने शैली छैन । उमेदवारहरु घरघरै गएर भोट माग्ने प्रचलन छैन । तर बेल्जियममा बसेका नेपालीहरुले भने नेपालमै जसरि घरघरै गएर मत मागिरहेका छन् । उमेदवार र समर्थकहरु शहरका चोक चोक र कुना कुनामा बसेर चुनाव प्रचार गरिरहेका छन् ।

आगामी ३ सेप्टेम्बर (आउने आइतवार) एन आर एन बेल्जियमको निर्वाचन हुँदै छ । यो निर्वाचनमा समाबेशी, प्रजातान्त्रिक, लोकतान्त्रिक भन्ने आफ्नाआफ्नै नाममा दुई समूहले अाअफ्ना प्यानल बनाएर निर्वाचनमा उत्रिएका छन् । यि दुबै प्यानलले मतदाताहरुसित मत माग्न चुनावी प्रचारप्रसारमा उत्रिएका छन् । लोक प्रसाद दहालले नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र केहि जनजातिसहितको प्यानलको नेत्रित्व गरेका छन् । उता नेकपा एमाले र नेपाली कांग्रेस एक ठाउँमा उत्रिएर संयुक्त प्यानल घोषणा गरेका छन् । यसको नेत्रित्व सुभास जोशीले गरेका छन् ।

(ब्रुग निवासी अजय गुरुंग र ज्योती घिसिंगको घरमा भोट माग्न पुगेका सुभास जोशीको प्यानलका समर्थक)

यतिखेर यि दुबै प्यानललाई मत माग्न, आफ्नो एजेण्डा स्थापित गराउन र आफ्ना पक्षमा मत तान्न भ्याईनभ्याई छ । यि दुबै प्यानलका उमेदवार, समर्थक र पार्टीका कार्यकर्ताले आन्त्रपेन, लुभेन, ब्रसेल्स, ओस्तान्दे र ब्रुग जस्ता नेपालीहरुको बस्ति बाक्लो भएका क्षेत्रमा कुनावी प्रचारप्रसारलाई तिब्र पारेका छन् । नेपालीहरुको बस्ति नजिकका चोकचोकमा गएर आफ्ना उमेदवारका पर्चा बोकेर देखाउने, मत माग्ने गरिरहेका छन् । सुभास जोशीको प्यानलले त दर्जनौं शुभेच्क्षुकहरु लिएर नेपालीका घरघरै जाने र मत माग्ने गरिरहेको छ । प्रचारको यो शैली दुबै पक्षले अपनाएपनि सुभास जोशीको प्यानले अलि बढिनै यसलाई तिब्रता दिएको छ ।

तपाइँको प्रतिक्रिया