शब्दको दुरुपयोग !

  • महेन्द्र पौडेल

‘आफ्नो मनबाट डर हटाईदेऊ संसारका कुनै शक्तिले तिमीलाई छुने छैन, महात्मा गान्धीको यही एउटा वाणीले बिट्रिश साम्राज्य ध्वस्त भएको हो । जसमा शब्दहरु बनेर माला बनेका छन् । एकपटक एकजना कलाकार युरोपको कार्यक्रममा आए त्यसबेला एकजना पत्रकारले उनको विषयमा कुनै अनलाईनमा ‘महान कलाकार’ ‘कलाशिरोमणी’ बढाईँ चढाईँ गर्दै समाचार बनाएछन् । बिचरा नानाथरी पगरी गुथाइदिए । उनी आफैले लाज माने ।

केही देशमा अहिले एनआरएनको चुनावको चटारो छ तर त्यहाँका केही व्यक्तिहरुले आफूनिकटलाई विभिन्न स्वघोषित पदभूषणले सम्मानित गरिएको छ । यस्तो लाग्दछ, यी शब्दहरुको अनावश्यक प्रयोग गरिएपछि शब्दको गरिमा एकातिर घट्छ भने अर्कोतिर यथार्थतमा महान भनिएका यथार्थमा सच्चा समाजसेवी भनिएकाहरुलाई ठेस लाग्दछ तसर्थ शब्द चयनमा ध्यान दिन जरुरी छ । एउटाले त ठिक छ चाकडीका निम्ति शब्द थोपारिदियो अर्को लिनेले लाज मान्नुपर्ने । होइन म यो शब्दको लायक छैन । म यति माथी पुग्या छैन बस चाहना हो समाजको सेवा गर्ने । स्वर्गीय मदर टेरेसा स्वयंले पनि आफूलाई समाजसेवी दावी भन्नुभएन भने म त केवल समाजको लागि केही गर्ने प्रयत्नशील हुँ भन्न कस्तो हेक्का नआएको होला ।

आफूलाई लेखकनै ठान्ने एकजना मित्रले मलाई फेसबुकमा मेसेन्जरमा भनेँ ‘तपाईँको लेख र स्टाटसको म अलि पारखी नै हुँ’ भनेर मेसेज दिए । मैले मनमनै भनेँ पारखी नै भनिसकेपछि अलि किन लेख्नुप¥या होला पारखी शब्द आफैंमा उच्च छ । तर शब्द आफैंमा इश्वर हो । शब्दमा इश्वर बसेका हुन्छन् त्यसैले हामीले कितावलाई ढोग्ने गर्दछौं । बाह्रखरी निर्माण गर्नेलतिमी पढेका थिएनन् तर निर्माण गरे । हामी पढेलेखेका भनेकाले त्यही इश्वर मानिएका शब्दलाई भताभुङ्ग पारिरहेका छौं । आफ्ना भावना र विचारहरु विभिन्न शब्दद्वारा अरुलाई प्रभावित पारिरहेका हुन्छौं प्राणीजगतमा मानिसको केवल शब्द नै हो तर यसलाई केहीले होच्याइरहेका छन् । शब्दले बृहत्तररुपमा अर्थ प्रकट गरिरहेको हुन्छ । शब्दको मर्म र क्षमतालाई बुझ्न जरुरी छ । यसको लागि ठाउँ, समय र अवस्था हेरेर प्रयोग गरिने गर्दछ । शब्दको स्थान कहाँ के प्रयोग गर्ने भन्ने कुरा हेक्का राख्नु पर्दछ । जस्तै कुनै तुच्छ गल्तीमा ‘सरी’ भन्दा हुन्छ भने त्यही ‘सरी’ अपरेशन थिएटरबाट डाक्टरले भन्दा गलत हुन्छ । ‘कर्तव्य गरी मा¥यो र ’ अर्थात ज्यानमारा भो भने अर्कोले ‘आफ्नो काम र कर्तव्य पुरा ग¥यो ’ भन्दा यी दुइमा आउने ‘कर्तव्य’ ले फरक अर्थ दिइराखेको हुन्छ । अनावश्यक ठाउँमा अनावश्यक शब्दहरु दिएर शब्द थुपारेर गजडीको गफ बन्छ तर अरु बन्दैन । बुझ्न जरुरी छ । यस्ता अनगिन्ती छन् । विदेशमा पत्रकार हुँ भन्नेहरुको ‘बिचरा’ बिजोग नै देखिन्छ ।

युरोपका एकजना मित्रले समाचार खुबै लेख्थे तर पत्रिकाले छापिदिन्थेन र अनि कुनै कनैले छापिदिन्थ्यो अनि उनले तिमीले नछापेपनि यी अर्कोेले छापेको छ भनेर फेरि अर्को इमेले गर्थे भनेर मलाई त्यो पत्रिकामा कामगर्ने एकजनाले सुनाए मैले लौन कस्तो पठाउँदा रहेछन् मलाई पठाउन त हेरौं भनेको ‘बिचरा’ भन्नबाहेक अरु सिवाए थिएन । केही उदाहरणहरु छन् जस्तै कुनै कार्यक्रममा ‘दुइसयजना मान्छे भेला भए’ यस्तोमा दुइसय भनिसकेपछि ‘जना’ भन्नुआवश्यक छैन । ‘एक विज्ञप्ति’ मा विज्ञप्ति भनेहुन्छ ‘एक’ भन्न जरुरी हुन्न । विज्ञप्ति एउटै हुन्छ । यात्रुबाहक बस यसमा ‘बस’ भने पुग्छ । यस्ता धेरै छन् आधिबेहरीको ‘सुनामी’ ल्याउँछौं भन्छन् । जुनदेशमा कहिल्यै सुनामी आउँन सक्दैन । शब्दको उचित प्रयोग गर्नु पर्दछ । महात्मा गान्धीको अस्त्र नै ‘अहिंसा’ हो भन्छन् । अस्त्र त केवल ‘हिंसा’ को लागि प्रयोग गरिन्छ । महात्मा गान्धीको अस्त्र होइन सिद्धान्त हो शब्द हो ।

तपाइँको प्रतिक्रिया