पन्ध्र मतदान केन्द्रमा स्थगीत, पैंतीस कब्जा

 

देशव्यापी निर्वाचनको पछिल्लो समग्र स्थिति हामीलाई फेला परेको छ। राष्ट्रिय निर्वाचन अनुगमन सञ्जाल (नेमा) का अनुगमनकर्ताहरुका अनुसार देशका अधिकांश भागमा मतदान शान्तिपूर्वक भइरहेको र केही जिल्लाका कतिपय मतदान केन्द्रमा अवरोध पुगेको सामाचार छ । अपरान्ह ३ बजेसम्ममा प्राप्त विवरण अनुसार ६ जिल्लाका १३ वटा मतदान केन्द्रमा मतदान कार्य स्थगीत भइसकेको छ भने ३४ बढी मतदान केन्द्रमा एक पक्षिय मतदान भएको वा मतदान केन्द्र कब्जा भएको विवरण प्राप्त भएको छ । यो रिपोर्ट (नेमा) का देशभरि छरिएका २० हजार अनुगमनकर्ताके गरेको पर्यवेक्षणका आधारमा तयार पारेको उक्त सस्थाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ। उसले गरेको अनुगमनको पूर्ण रिपोर्ट हेर्न भित्र जानुहोस।

प्रेस विज्ञप्ति                                                     

मितिः २०६४ चैत २८ गते, काठमाडौं, बजे

देशव्यापी उत्साहजनक मतदान

पन्ध्र मतदान केन्द्रमा स्थगीत, पैंतीस कब्जा

 
देशका
अधिकांश भागमा मतदान शान्तिपूर्वक भइरहेको केही जिल्लाका कतिपय मतदान केन्द्रमा अवरोध पुगेको सामाचार अपरान्ह बजेसम्ममा प्राप्त विवरण अनुसार जिल्लाका १३ वटा मतदान केन्द्रमा मतदान कार्य स्थगीत भइसकेको भने ३४ बढी मतदान केन्द्रमा एक पक्षिय मतदान भएको वा मतदान केन्द्र कब्जा भएको विवरण प्राप्त भएको

 महोत्तरीको क्षेत्र नं. को पर्सापतौली गाविसमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र तिवारीको गाडीले ठक्कर लागेर एकजना र्सवसाधारण प्रद्युमन कापर, २८, को मृत्यु भएको रामचन्द्र तिवारीलाई गाउँलेले रोकेपछि प्रहरीले उहाँलाई सुरक्षा दिने क्रममा १२ राउण्ड हवाई फायर गरेको थियो महोत्तरीको सुगा गाविसमा नेपाली कांग्रेस मधेशी जनअधिकार फोरमबीच झडपका कारण मतदान स्थगीत भएको बहेरा गाविसको बहेरा प्रावि मतदान केन्द्रमा नेका उम्मेदवार सुरेन्द्र सिंहको नेतृत्वमा आएको समूहले गोली प्रहार गरेपछि मतदान स्थगीत गरिएको प्रहरीले उनको गाडीबाट थप हतियार बरामद् गरेको बताएको

चितवन, मेघौली गाविसको सरस्वती मावि, जानकी मावि साझापुर निमाविका आठवटा मतदान केन्द्रको मतदान स्थगीत भएको

 र्सलाही को बलरा गाविसमा विहान :३० बजे गोली प्रहार भएको बम विष्फोट हुँदा एकजना घाइते भएपछि बलरा, मिर्जापुर अर्ना गाविसको मतदान स्थगीत गरिएको

सुनसरी को भुटाहा गाविसमा नेका फोरमबीच झडप हुँदा कांग्रेस कार्यकर्ता गंगा दासको मृत्यु दुई गंभीर घाइते भएका छन् त्यहाँको मतदान केही बेर स्थगीत भए पनि हाल सुचारु भएको नरसिंहा गाविसको , वडामा मधेसी जनअधिकार फोरमले एकलौटी मतदान गरिरहेको समाचार प्राप्त भएको

 सप्तरी को त्रिकौल गाविस सुगा भवानीपट्टी प्राविको मतदान सुरु गर्ने प्रयास सफल हुन सकेको छैन जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वालासिंह समूहका कार्यकर्ताहरु गाउँमा हतियारसहित प्रवेश गरी मतदातालाई मतदान केन्द्र जानबाट रोकेपछि त्यहाँ मतदान हुन सकेन हनुमाननगर का जयप्रकाश रजग, राम साथी, शिवकुमार सिंह, श्यामसुन्दर मण्डल वीरु चौहानलाई प्रहरी गस्ती टोलीले थान सकेटबम सहित पक्राउ गरेको

 अर्घाखाची को बलकोट पौवा मतदान केन्द्रको मा माओवादीले विहान ११ बजे आगजनी गरेपछि त्यहाँको मतदान स्थगीत भएको उनीहरुले त्यहाँका मतदान अधिकृत हिरचन्द्र भुषाललाई दुइ घण्टा नियन्त्रणमा लिईपछि मुक्त गरेका छन् हंसपुर, चिदिका, अर्घा बागीको मतदान केन्द्र माओवादीले कब्जा गरेका छन् क्षेत्र नं. को भगवती गाविसको मतदान केन्द्र पनि माओवादीद्वारा कब्जा गरिएको सिदारा वर्रे मतदान केन्द्रबाट हतियार सहित १७ जना माओवादी कार्यकर्तालाई शसष्त्र प्रहरीले पक्राउ गरेको

 रामेछाप का खर्पु, सालु रामपुर गाविसमा वाईसीएलका कार्यकर्ताले एकतर्फी मतदान गरेका छन् माओवादीले एमालेका प्रतिनिधिलाई मतदानकेन्द्रमा बस्न दिएका छैनन् भने नेकाका प्रतिनिधिलाई जबरजस्ती मतदान केन्द्रमा औपचारिकताको निम्ति रोकेर राखेका छन् सुनारपानी गाविसमा नेका एमालेका प्रतिनिधिहरुले मतदान अधिकृतलाई आफू मतदान केन्द्रमा नबस्ने भनी लिखित पत्र दिएका छन् यसै क्षेत्रको नामाडी गाविसमा दिउँसो १२ बजेपछि माओवादी कार्यकर्ताहरु लौरो बोकेर तथा टाउकोमा रातो फेटा बाधेर मतदानकेन्द्र भित्र प्रवेश गरेका छन्

 त्यस्तै क्षेत्र नं का गाविसहरु दोकरपुर, दोरम्बाको मतदान स्थगीत भएको चनखु पुरानागाउँका मतदान केन्द्र माओवादीले कब्जा गरेका छन् भने खनियापानी तथा मजुवामा माओवादीले एकतर्फी मतदान गरिरहेको समाचार दोरम्बा गाविसमा माओवादी कार्यकर्ताले एकतर्फी रुपमा एक जनाले २० चोटि सम्म मतदान गरेको नेमाका पर्यवेक्षकले बताएका छन् खानीयापानी मजुवा गाविसका एमाले, नेका जनमोर्चाका प्रतिनिधिहरुले निर्वाचनमा माओवादीको मनोमानी भएपछि निर्वाचन केन्द्र छोडेर हिंडेका छन् रामेछापको अन्य बिभिन्न मतदानकेन्द्रमा वाईसीएल कार्यकर्ताले पर्यवेक्षकलगायत पार्टी कार्यकर्ता मतदातालाई मतदान केन्द्र जान रोकेका छन्

 

दोलखा को मेलुङ गाविसमा माओवादीले एमाले, नेकालगायतका दलका प्रतिनिधि पर्यवेक्षकलाई मतदान केन्द्रबाट लखेटेका छन् त्यहाँ माओवादीले एकपक्षिय मतखसाली रहेको समाचार

रौतहट को चिङ्डिया गाविस भवनको मतदान केन्द्रमा तर्राई मधेश लोकतान्त्रिक पार्टर्ीी कार्यकर्ताले मतदान केन्द्र कब्जा गरी एक पक्षिय मतदान गरिरहेका छन्

 बागलुङ मालिका गाविसमा राजनीतिक दलका कार्यकर्ताबीच झडप भयो त्यहाँको मतपेटिका दलका कार्यर्ताले फालिदिएपछि मतदान स्थगीत भएको बाङखानी पाङ्ग गाविसको पनि मतदान स्थगीत भएको

रुकुम का १५ वटा क्षेत्र नं का वटा मतदान केन्द्र माओवादीले कब्जा गरेको नेमाका पर्यवेक्षकले जानकारी दिएका छन्

दाङ का वटा मतदान केन्द्र माओवादीले कब्जा गरेको नेमाका पर्यवेक्षकहरुले बताएका छन्  

काभ्रेपलाञ्चोक पातलेखेत गाविस हनुमान उच्च माविमा पर्यवेक्षक अनमीनका प्रतिनिधिलाई प्रहरीले समेत प्रवेश गर्न दिएनन्

धनुषा को बिन्थी गाविस मतदान केन्द्रको मतदान विहान बजेदेखि ११ः३० बजेसम्म स्थगीत भई हाल सुचारु

गोरखा को खोप्लाङ गाविस मतदान केन्द्रको मतदान केही समय स्थगीत भई हाल सुचारु रहेको

इलाम को फाकफोक गाविसको मतदान केन्द्रमा बाइसीएलका कार्यकर्ताले बाटोमा अवरोध पुर्‍याई अन्य दलका मतदातालाई भोट खसाल्नबाट बञ्चित गरेका छन् इलाम को बाँझो गाविसस्थित सरस्वती प्रावि सिमलटारबाट गएराती सहायक मतदान अधिकृत विष्णुप्रसाद भारद्धाजसहित जना मतदान सहायकहरुलाई मुखमा पट्टी बाँधेको अज्ञात समूहले अपहरण गरेकोमा मनोज पोखरेल सर्म्पर्कमा आएको अन्यको अवस्था अज्ञात रहेको त्यहाँ अन्य कर्मचारी खर्टाई आज मतदान सुचारु

 ललितपुर को कालेश्वरमा विहान बजेमात्र मतदान सुरु भएको थियो माओवादी कार्यकर्ताको दवावपछि अन्य दलका प्रतिनिधि पर्यवेक्षक बस्न नसकेपछि हाल खुल्ला मतदान भइरहेको हिजो साँझ अपहरणमा परेका कांग्रेस कार्यकर्ता पदम तिम्सिना बलराम तिम्सिना अहिलेसम्म पनि सर्म्पर्कमा आउन सकेका छैनन् क्षेत्र नं का कतिपय मतदान केन्द्रमा विहान केही समय ढीलो मतदान सुरु गरिएको थियो

 

काठमाडौं को शहिदशुक्र मावि मतदान केन्द्रमा वाइसीएल कार्यकर्ताले मतदान केन्द्र वरिपरि मतदानलाई प्रभाव पार्ने कृयाकलाप गरिरहेको पाइयो

 रौतहट को लौकाहा गाविस मतदान केन्द्रमा एमाले कार्यकर्ताले मतपेटिकामा पानी खन्याएपछि त्यहाँको मतदान स्थगीत भएको

 सिन्धुपाल्चोकको भोटेनाङ्राङ प्रावि मतदान केन्द्रमा माओवादीले एकतर्फी मतदान गरि कब्जा गरेका छन्

 राष्ट्रिय निर्वाचन अनुगमन सञ्जालनेमा)का बीसहज्ाार पर्यवेक्षकहरुले देशका सबै मतदान केन्द्रमा आज भइरहेको संविधानसभा निर्वाचनको पर्यवेक्षण गरिरहेका छन्

प्रदीप घिमिरे

सचिवालय संयोजक

 

तपाइँको प्रतिक्रिया