एकै विषय, एकै दिन प्रकाशित दुई दैनिक अखबारका दुई भिन्न समाचार : कुन पत्याउने ?

भनिन्छ, दैनिक पत्रिका राम्रोसित चलाउनु भन देश चलाउनभन्दापनि गाह्रो हुन्छ। त्यसको अर्थ हो, देशलाई कता लैजाने भनेर डोर्‍याउन दैनिक पत्रिकाको भूमिका र जिम्मेवारी अहं हुन्छ । ति अत्यन्त जिम्मेवार हुनुपर्छ । तिनले सत्य र असत्य छर्लंग पार्न सक्नुपर्छ । तर हाम्रो देशमा दुई प्रमुख दैनिक पत्रिकाका समाचार हेर्दा झन दोधार, झन द्विविधा र अन्यौलमा परिने अवस्था देखियो । त्योपनि छिमेकी मुलुकमा प्रधानमन्त्रि स्तरबाट भएको राजकिय भ्रमणकै विषयमा प्रकाशित एकै दिन, एकै विषयको समाचारमा । अब आम पाठकले कसका कुरा पत्याउने ?

हिजो शुक्रबार नागरिक दैनिक र कान्तिपुर दैनिकको प्रमुख समाचार प्रधानमन्त्रि  शेरबहादुर देउवाको दिल्ली भ्रमणबारे छ । लेखिएको विषय एउटै हो । तर समाचारमा यि दुई पत्रिकाले नितान्त बिपरित खाले समाचार दिएका छन् । देशको सबैभन्दा लोकप्रिय, सार्वाधिक पाठक भएको कान्तिपुर दैनिक भन्छ ‘मोदीद्वारा संविधन र निर्वाचनको स्वागत ।’ तर नागरिक दैनिकको समाचारले त्यसलाई पुरै काटिदिन्छ र भन्छ ‘संविधानप्रति भारतीय असंतुष्टि कायमै ।’

नागरिक न्युजले आफ्ना स्रोतहरु लगाएर काठमाडौंबाटै प्रधानमन्त्री शेर बहादुर देउवाको भारत भ्रमणबारे समाचार लेखेको हो । काठमाडौंबाट नागरिक न्युजका पत्रकार सुरेन्द्र पौडेलले त्यो समाचार लेखेका छन् । उता कान्तिपुरकको समाचार कमलदेव भट्टले दिल्लीबाटै लेखेका हुन् । यि दुइ प्रमुख दैनिक पत्रिकाका दुई अलग समाचार मध्ये कुन समाचार सहि हो ? कान्तिपुर दैनिकमा लेखिएझैं मोदीले नेपालको संविधानको स्वागत गरेका हुन् की नागरिक न्युजले भनेझैं मोदीले त्यसमा असन्तुष्टि जारी राखेका हुन् ? अब पाठकले यो विषयमा के बुझ्ने ?

पत्रकारिताको मान्यत अनुसार कार्यक्षेत्रमै (फिल्ड बेस्ड) खटिएर लेखिएका समाचार बढि गम्भिर, खोजिपूर्ण र विश्वाशिला हुन्छन् । यसरि हेर्दा कान्तिपुरको समाचार दिल्लीबाटै पठाइएको हो । नागरिक न्युजको समाचार काठमाडौं बसेर तयार पारिएको हो । तर समाचार तयार पार्दा कतिपय अवस्थामा सहि समाचारको निकट को पुग्न सक्छ, कसले सहि समाचार दिन सक्ने स्रोत बनाएको छ, सूचनाको पहुँच कुन पत्रकार, मेडिया ग्रिहको बलियो र भरपर्दो छ भन्ने विषयपनि महत्वपूर्ण हुन्छ । मेडिया ग्रिह, पत्रकारको पहुँच बलियो छ र ऊ कार्यक्षेत्रमै खटिएको छ भने उसको सूचना अझ बलियो हुन्छ । तर यस्तो गम्भिर विषयमा दुई मुख्य दैनिक अखबारले कसरि दुई अलग समाचार दिए, एकै विषयमा ? यसमा पाठकहरुले कसरि बुझ्ने अन्यौलता बढ्छ ।

हुन त नेपालको संविधान र निर्वाचन नेपालकै आन्तरिक मामिला हो । नेपालीको चाहना र अधिकार हो । आफ्नो संविधान कस्तो बनाउने ? कसरि निर्वाचन गर्ने ? भएका बिमती हटाउने कसरि ? यो नेपालीको निजि मामिला हो । तर हाम्रा दलहरु, हाम्रा नेताहरु बिदेशीकै गुलाम बन्ने, तिनैको ईशारामा चल्ने गर्नाले हाम्रो देशका धेरै मामिलामा ठाडो हस्तक्षेप गर्दै आएका छन् बिदेशीले । यहाँ भारतीय प्रधानमन्त्रीले हाम्रो संविधान र निर्वाचनका विषयमा दिएको अभिब्यक्तिपनि हस्तक्षेपनै हो । देउवा त्यसका साक्षी हुन् ।

देउवाको भ्रमणबारे टिभी २४ को यो रिपोर्टपनि हेर्नुस

https://www.facebook.com/nepallovely.nepal/videos/1092838154180505/

तपाइँको प्रतिक्रिया