इटालीको मिलान शहरबाट नयाँ अभियान : नेपाली भाषाका पाठशाला विश्वभरि बनाईने

ईटालीको मिलान शहरमा यहि अगस्त १५ का दिन नेपाली महिलाहरुको पर्व हरितारिका (तीज) मनाईयो । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरिएको उक्त कार्यक्रममा गज्जबको नौलो अभियान सार्वजनिक गरियो । त्यो हो, नेपाली भाषाका पाठशालाहरु विश्वभर फैलाउने । छिट्टै मिलान शहरमा नेपाली वालवालिकाकालागि नेपाली भाषाको कक्षा सञ्चालन गर्ने सार्वजनिकपनि मञ्चका अध्यक्ष विशाल तामाङले गरे ।

अगस्ट महिना युरोपमा बिदा लिएर देश परदेश घुम्न, छुट्टि मनाउन जाने याम हो । यो बेला मानिसहरु छुट्टी जानाले कार्यक्रमहरुमा उपस्थिति पातलिन्छ । तैपनि मिलानमा आयोजित तीज कार्यक्रमले धेरैलाई आकर्षण गर्‍यो । उपस्थित दिदीबहिनीहरुले तीज पर्व धुमधामसित नाचगान गरेर मनाए ।

तीज कार्यक्रमको सह संयोजक एबम मितेरी मंच मिलानका सदस्य अन्जु राइको स्वागत संगै सुरु भएको कार्यक्रममा नेपाल सरकार शिक्षा मन्त्रालयका सचिब शान्त बहादुर श्रेष्ठ र नेपाल मितेरी मंच मिलानका अध्यक्ष बिशाल तामांगको बिशेष सक्रियतामा बिदेशमा रहेका बालबालिकाहरुका लागि भाषा बचाउ अभियानको नारा अगाडि सारिएको जानकारि यहि कार्यक्रममार्फत धेरैले पाए । सोहि अभियान अनुरुप बिदेशमा रहेका संघ संस्थाहरुसंग सहकार्य गरि नेपाली भाषाका पाठशालाहरु स्थापना गर्ने उद्देश्यले मिलानबासि बालबालिकाहरुलाइ शिक्षा मन्त्रालयबाट प्राप्त नेपाली तथा अंग्रेजी विषयका पुस्तकहरु गैर आवासीय नेपाली संघ इटालीका अध्यक्ष क्षेत्र कुमार श्रेष्ठले बितरण गरे ।

प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तब्य राख्दै अध्यक्ष श्रेष्ठले नेपाल मितेरी मंच मिलानले शुरु गरेको यस अभियानमा नेपाल सरकारले पनि उत्तिकै महत्व र सहयोग गरेकोमा दुवै पक्षको प्रशंसा गर्दै धन्यबाद दिए । आगामी दिनमा यस भाषा बचाऊ अभियानलाइ गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति मार्फत नै सरकारसंग एक नीति निर्माण गरि तार्किक निष्कर्षमा पुर्याउने र इटालीलगायत विभिन्न देशका अन्य शहरहरुमा नेपाली पाठशाला निर्माण गर्ने अभियानको निरन्तरता दिनका लागि आफु पनि प्रतिबद्द भइ लागिपर्ने क्षेत्र श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा मितेरी मंच मिलानका अध्यक्ष बिशाल तामांगले मंचको भाषा बचाऊ अभियानलाइ अन्तराष्ट्रिय अभियान बनाउन पहल गर्ने जानकारि दिए । उनले गैर आवासीय नेपाली संघसंग मिलेर एक नीति निर्माण गरि छिट्टै मिलानमा भाषा कक्षा संचालन गरिने प्रष्ट पारे । साथै यस अभियानका लागि सल्लाह सुझाब र सहयोग प्रदान गर्ने कान्तिपुरका पत्रकार देबेन्द्र भट्टराई, मकर श्रेष्ठ, युरोपका बरिष्ठ पत्रकार ददि सापकोटा, शिव रिजाल र शिक्षा मन्त्रालयका सचिब शान्त बहादुर श्रेष्ठलाई बिशेष आभार एवं धन्यबाद ज्ञापन गरे ।

तीज कार्यक्रमका संयोजक एबम मितेरी मंच मिलानका सदस्य अस्मि घिमिरे न्यौपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर आवासीय नेपाली संघ इटालीका निबर्तमान महासचिब राजन चापागाईं, मंचका सचिव भाबेश सिंह, शिव रिजाल लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया