बेल्जियममा तमु समाजको टक्करमा तमुधिँ गठन

-शेर बहादुर छन्त्याल / बेल्जियम

आफ्नो भाषा, संस्क्रिति, सभ्यता जोगाउन भनेर गठन भएको संस्था हो तमु समाज । अर्थात् गुरुङहरुको संगठन । तर यस्तो पवित्र उद्देश्य पुरा गर्ने काममापनि संगठन एकछत्र, एकांकी, एकतर्फी, हैकमबादी भयो भने के हुन्छ ? बिद्रोह । बिरोध । अनि अर्को संस्थाको आवश्यकताको महसुस । बेल्जियममा त्यहि भयो । तमु समाज बेल्जियम हैकमबादी भएपछि त्यो संस्था गठन गरेकाहरुलेनै पचाउन सकेनन् । त्यसपछि गुरुङहरुको स्वच्छ र स्वतन्त्र संस्था चाहिन्छ भन्दै तमु घिँ गठन गरेका छन् ।

समाज प्रतिको विश्वास, एकता र सामूहिक भावनालाई आत्मासाथ गर्दै खुला हृदयले अपिल गर्ने क्रममा पुन: पुरानै प्रवृत्ती दोहोरिएमा नव गठित संयोजन समितीले बाध्य भएर आफ्नो कार्याभार बैधानिक रुपमै अघि बढाउने निर्णय गरेका तमुहरुले छोटो अवधिभित्रै छुट्टै संस्था तमु धीं, बेल्जियम स्थापना गरेका छन । १७ बर्ष अगाडि स्थापना भएको तमु समाज, बेल्जियमको स्थापना दिवसकै दिन तमु धीं, बेल्जियमले विधिवत रुपमा नयाँ संस्था निर्माण गरेको हो ।

मार्च २६, २०१७ मा तमु समाज, बेल्जियमको नवौं अधिवेशन आयोजना गरिएको वन्द सत्रमा जोडदार विरोधका बाबजुद अन्यायपूर्ण र एकांकी तवरवाट कार्यसमितिको घोषणा गरेका थिए । गलत कदमलाई सच्याउन सम्बन्धित पक्षलाई बारम्बार ध्यानाकर्षण गराउंदा पनि सुनुवाई नभएपछि तमु समाज बेल्जियमको नेतृत्व गरेका र संस्थाको हितको लागि सदैव लागि परेका तमुहरुले अर्को भेला सम्पन्न गरेका थिए । अधिवेशनले गरेको त्रुटीलाई हल गर्न, समाजलाई एकताबद्ध र संवृद्ध बनाउन तमुसमाज बेल्जियमका भु।पू। अध्यक्ष पदम बहादुुर तमु “प्रवासी” को संयोजकत्व र भु।पू। अध्यक्ष श्रीप्रसाद तमु सह संयोजक रहने गरी तमु समाज बेल्जियम संयोजन समिती गठन गरेको थियो । तर, संस्थाका वर्तमान नेत्रित्व, कार्यसमिति र त्यहाँका हर्ताकर्ताहरुले संयोजन समितिको कुनै पनि कुराहरुको सुनुवाई नभए पछी बेल्जियममा तमुहरुकै नयाँ संस्था जन्मिएको छ ।

पदम बहादुर गुरुङ ‘प्रवासी’ को नेत्रित्वमा स्थापना भएको तमु धीं, बेल्जियमले स्थानीय नियम कानुन सम्मत तवरबाट दर्ता गरी २५ जुलाई २०१७ देखी विविध कार्यक्रम अगाडि बढाएको छ । यसै अन्तर्गत अगष्ट ६ तारिक अाइतवारका दिन तमु धीं, बेल्जियमले आन्त्वेर्पेनको नोर्ड पार्कमा घोषणा सभा तथा बार्बेक्यू कार्यक्रम आयोजना गरेको थियो ।

तमु धीं, बेल्जियमको घोषणा सभामा बेल्जियमका बिभिन्न संघ संस्थाहरुको उपस्थिती रहेको थियो । उपस्थित हुन नसक्ने संघ संस्थाहरुले संस्थाको स्थापना र प्रगतिको शुभकामना सहित पत्रचार गरेका थिए । सो घोषणा सभामा किराँत समाज बेल्जियमका सल्लाहकार मणी राई, मोना बेल्जियमका अध्यक्ष योगेन्द्र विक, चितवन समाजका राम पुन, तामाङ् समाजका सल्लाहकार भरत तामाङ्, नेपाल जनजाती सरोकार मन्च बेल्जियमका अध्यक्ष वदन योङहाङ्ग, नेपाली जनप्रगतिशील मोर्चा बेल्जियमका अध्यक्ष मेख तमु र नेपाली जनप्रगतिशिल मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सेल रोटी, अचार र नेपाली गीत संगीतमा नाच्दै, रमाउदै साथमा दोहोरी पनि गाउँदै घोषणा सभा तथा बार्बेक्यू कार्यक्रम सम्पन्न गरेको सो कार्यक्रमको संचालन महासचिव गडुलध्वज गुरुङले गरेका थिए ।

तपाइँको प्रतिक्रिया