जनसंपर्क समिति स्विजरल्याण्डलेआयोजना गरेको भलिवल प्रतियोगितामा बासेल टिम प्रथम

जनसंपर्क समिति स्विजरल्याण्डले हिजो जुरिच शहरमा नेपाली नेपालीकाबिच भलिवल प्रतियोगिता आयोजना गर्‍यो । त्यसमा छ टिमले भाग लिए । पहिलो बासेल टिम भयो । दोस्रो जुरिच क्लब । तेस्रो आराउ टिम । तिनले पहिलो, दोस्रो र तेस्रो पुरस्कार र ट्रफी लिए । जुरिचको वन क्षेत्रको छेउमा प्राक्रितिक छटाको आनन्द लिँदै खेल्न, नेपालीहरु जमघट हुन र रमाईलोसमेत हुने तरिकाले प्रतिस्पर्धा आयोजना गरेको देखियो ।

भलिवल प्रतियोगिया सौहार्दतापूर्वक समपन्न भयो । प्रमाण पत्र बितरण गरियो । नेपाली जन संपर्क समिति स्विजरल्याण्डका अध्यक्ष श्याम सापकोटा, पूर्व अध्यक्ष गुणराज शर्मा र निवर्तमान अध्यक्ष राम महतोले ट्रफी र पुरस्कार बितरण गरे । सबै सहभागिहरुलाइ यि सबैले बधाई दिए । सापकोटाले यो भलिवल प्रतियोगिया आठौं भएपनि रनिङ सिल्डका रुपमा सञ्चालन भएको छैठौं भएको जानकारि दिए । लगातार तिन पटकसम्म बिजयीले ट्रफी आफ्नो बनाउन पाउने भनाईपनि उनले सुनाए । उक्त कप आराउ समाजले प्रायोजन गरेको थियो ।

छ टिमबाट दर्ता स्वरुप उठेको रकम केहि बाँकि थियो । अध्यक्ष श्याम सापकोटाले चितवनको मेघौलीमा महिलाहरुकालागि निर्मित भैरहेको खेल मैदान मिलाउने र बत्ति राखिदिने लगायतको काम गर्न उक्त रकम हस्तान्तरण गरिदिने घोषणापनि गरे । महिलाहरुको खेल मैदानलाई सुधार्न बिगत केहि समयदेखि स्विस निवासी राम परियारले सहयोग बटुल्ने र आफूलेपनि सहयोग गर्ने काम गर्दै आएका थिए । नेपाली जनसंपर्क समितिको खेल आयोजनाबाट बचेको रमक उक्त अभियानकालागि सहयोग गरिदिएकाले राम परियारले सबैलाई धन्यावाद दिए ।

तपाइँको प्रतिक्रिया