राजदूत शेर्पाले अष्ट्रेलियामा दिईन आफ्नै पहिचान

आफ्नो भाषा, संस्क्रिति र पहिचानको गफ दिने धेरै छन् जनजातिहरुमा । तर आफूले आफ्नै पहिचानको ख्याल भने गर्दैनन् । पहिचानका चर्का नारा उराल्छन् तर आफिंले आफ्नो भाषा बोल्दैनन् । आफ्नो पोशाक लगाउँदैनन् । आफ्नो पहिचानको गफ र भाषण गरेपनि आयातित वस्तु, अर्काकै भाषा र संस्क्रिति अँगाल्छन् । तर अष्ट्रेलियाको लागि नेपाली राजदुतमा नियुक्त राजदुत लक्की शेर्पाले भने अष्ट्रेलिया पुगेरपनि आफ्नै संस्क्रितिलाई महत्व दिएकि छन् ।

अष्ट्रेलियाका प्रमुख गभर्नर जनरललाई आफ्नो ओहोदाको प्रमाण पत्र पेश गर्ने क्रममा लक्की शेर्पा आफ्नै शेर्पा पोशाकमा सजिएर गएकि थिईन् । नेपाली सारी र चोलोमा देखिने गरेका नेपालीहरुभन्दा अलग आफ्नै शेर्पा पोशाकमा देख्दा नेपालीहरुले अचम्म मानेका थिए । यसरि अष्ट्रेलियाको उच्च निकायसमक्ष शेर्पा पहिरनमा पुग्दा त्यहाँका उच्च अधिकारीहरुलेपनि उनको पोशाकबारे चासो राखेको सिड्नी, अष्ट्रेलियाका राम सुबेदीले बताए ।

(फोटो- वर्ल्ड शेर्पा न्युज डट कम)

तपाइँको प्रतिक्रिया