झुक्काएर नेपाल पुर्‍याइएकि कविता बेल्जियम फिर्ता

आफ्ना कागजपत्रहरु आफ्नै पतीले झुक्क्याएर लगिदिएपछि कविता गौतम नेपालमा अलपत्र परेकि थिईन् । पतीले अनेक आश्वासन दिएर उनलाई नेपाल लगेपछि त्यहिँ छोडेर आफू बेल्जियम फर्केका थिए । उनका कागजपत्र पनि उनका पतीले बेल्जियम ल्याएका थिए र कविता नेपालमै अलपत्र परेकि थिईन् । तिनै कविता अन्तत बेल्जियम फिर्ता हुन सफल भएकि छन् ।

आफ्ना पतीले कागजपत्र झुक्काएर लगिदिएपछि उनी बेल्जियम फर्किन सकेकि थिईनन् । त्यसपछि करिब दुई महिनादेखि उनले बेल्जियमका संघ संस्था, परिचित नेपाली र पत्रकारसमक्ष आफूलाई बेल्जियम फिर्ता ल्याइदिन सहयोगको याचना गरेकि थिईन् । तर उनलाई सहयोगकोलागि एन आर एन बेल्जियम लगायत बेल्जियमस्थित संस्थाहरुले खासै चासो दिएनन्  । बेल्जियममा नेपाल र नेपालीको सेवा गर्ने भन्दै छ दर्जन भन्दा बढि संस्था दर्ता भएका छन् । तिनले नेपाल र नेपालीको हितका नाममा चन्दा उठाउँछन् । राजनितिक तथा अन्य जमघट, सांस्क्रितिक लगायतका कार्यक्रम भने गर्छन् ।

कविता गौतमले संघ संस्थाबाट सहयोग नपाएपछि उनको घटनाबारे बेल्जियमस्थित पत्रकार निलम घिमिरेले आवाज उठाएकि थिईन । कविता गौतमका पक्षमा बोलेको भन्दै घिमिरेलाई धाकधम्कि दिईएको थियो । उनले त्यसको प्रतिवाद गर्दै आएकि थिईन् । त्यसपछि उनको पक्षमा विष्णु भुजेल लगायतका केहि ब्यक्तिहरुले साथ दिँदै आएका थिए । उनलाई बेल्जियम फिर्ता ल्याउने मेसो मिलाउन भुजेल, लोक दहाल लगायतले बेल्जियमस्थित बेल्जियन संघसंस्थामार्फतपनि पहल लिएका थिए ।

कविता गौतमलाई बेल्जियम फिर्ता ल्याउन सफल भएपछि उनी बेल्जियम ओर्लिएको दिन हिजो उनलाई सहयोग दिने भुजेल, दहाल, शेर बहादुर छन्त्याल, पत्रकार सन्तोस न्यौपाने, निलम घिमिरे र  बेल्जियन समाजसेवी डा लुक लगायतका ब्यक्तिहरु विमानस्थल पुगेका थिए । उनीहरुले कवितालाई अबको बसाईका बारेमा कानुनी तथा अन्य सामाजिक र प्रक्रियागत विषयमा जानकारि दिएका थिए । उनको बसाईलाई बेल्जियममा कसरि सहज बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए ।

फोटो- शेर बहादुर छन्त्याल

तपाइँको प्रतिक्रिया