नेपालमा खिचेको तस्विरले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

नेपालमा खिचेको तस्विरले बेलायतमा अनतर्राष्ट्रिय पुरस्कार जितेको छ । चिनियाँ नागरिक चान कोक हुङले सन् २०११ मा खिचेको तस्विरले बेलायतमा आयोजित फोटो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जितेको हो । फोटोले यहि वर्षको पुरस्कार जितेको द गार्डियन दैनिक अखबारले जनाएको छ । हुङले यो तस्विर सन् २०११ मा लिएका थिए । हुङका अनुसार उनले यो तस्व्र काठमाडौंमा लिएका हुन् ।

यि दुई वालकहरु राजधानी काठमाडौंको फोहोर मिल्काउने थुप्रो नजिकै बस्छन् । आफ्नी हजुर आमासित । हरेक दिन यि वालकहरु फोहोरको थुप्रो वरिपरि जान्छन् । तिनले फोहोर पन्छाउँदै केहि न केहि काम लाग्ने वस्तु खोजि गर्छन् । त्यो लगेर बजारमा बेच्ने र त्यसबाट आएको थोरै पैसाले तिनले खानेकुरा किन्ने गर्छन् । त्यसैले गुजारा चलाउँछन् । कुनै दिन केहिपनि फेला नपारेमा यिनले आफ्नी हजुरआमाको गाली खानुपर्छ ।

दूर्भाग्यवस तिनले केहि दिनदेखि कामलाग्ने वस्तु केहिपनि फेला पारेका थिएनन् । काखमा बोकिएको सानो वालक केहि दिनदेखि भोकै थियो । त्यो देखेका हुङले आफूले यो तस्विर लिईसकेपछि केहि पैसा दिएको र त्यसले ति वालकहरुले खाने कुरो किनेको बताएका छन् । उनले प्रश्न गरेका छन् ‘त्यसपछि कसले सहयोग गर्ला यि वालकहरुलाई ?’

यो तस्विर काठमाडौंमा खिचेको बताएपनि काठमाडौंको कुन ठाउँमा हो भन्ने खुलाईएको छैन । चुनलाई यो वर्षको ‘ईन्भाईरोन्मेटन फोटोग्रफर अफ द ईयर’ घोषणा गरिएको छ । वातावरणका क्षेत्रमा उनले खिचेको फोटोलाई अन्तर्राष्ट्रिय पुरस्कार दिएपनि त्यसको राशी कति हो भन्ने फोटो प्रकाशित गरिएको बेलायतको दैनिक अखबार द गार्डियनमा उल्लेख छैन ।

तपाइँको प्रतिक्रिया