आस्थाका वन्दिहरुलाई तत्काल रिहा गर्न युरोपका बिभिन्न संस्थाहरुद्वारा माग

prem-pathak

स्थानिय निर्वाचन खारेजीको शान्तिपुर्ण अभियान शुरु गरेको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई संकटकालको झल्को दिने गरि गिरफ्तार गर्ने, झुट्टा मुद्धा लगाउने, यातना दिने र केहिलाई वेपत्ता वनाउने, पक्राउ परेकालाई वलजफ्ती सुरक्षाकर्मीका हतियार समाउन लगाई झुट्टा मुद्धामा फसाउने गरिरहेको भन्दै युरोपका बिभिन्न संघसंस्थाले त्यसको बिरोध गरेका छन् । नेपाली जनप्रगतिशील, मोर्चा युरोप, नेपाली जनजाति सरोकार मन्च, युरोप लगायतका नौ वटा संगठनले संयुक्त बिज्ञप्ती जारि गर्दै त्यसको बिरोध गरेका हुन् । तिनले जारि गरेको बिज्ञप्तीका अनुसार सरकारले सुतिरहेका वालवालीकालाई समेत गिरफ्तार गर्ने, संचारकर्मीहरुलाई धम्क्याउने गर्दै गिरफ्तार गरेको छ । तिनले राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई विना सर्त तत्काल रिहा गर्न  माग गरेका छन् ।

बिज्ञप्तीमा तिनले नेपालमा दलाल तथा संसदिय व्यवस्थाको असफलता र यो व्यवस्थाका जनविरोधी कृयाकलापहरु राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय रुपमानै उदांगो भएपछि यसलाई ढाकछोप गर्नका लागि नेपाल सरकारले स्थानिय निर्वाचनको नौटंकी रचेको आरोप लगाएका छन् । भनिएको छ ‘यो निर्वाचन औचित्यहिन छ र यसले आगामी दिनमा राष्ट्रियतालाई झन् कमजोर वनाउने,जनतन्त्र र जनजिवीकालाई झन कठिन वनाउने कुरा निश्चित छ ।’ उनीहरुले यो ब्यवस्थालाई  दलालको संज्ञा दिँदै यसलाई अन्त्य गरि जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने उल्लेख गरेका छन् । त्यस आन्दोलनमा आफ्नो संगठनको ऐक्यवद्धता रहने उल्लेख छ ।

बिज्ञप्तीमा वर्तमान नेपालको कानुनको समेत धज्जी उडाएको र यस्ता फासीवादी दमनले कसैको राजनैतिक आस्था र विस्वासलाई सिध्याउन नसक्ने उल्लेख गर्दै भनिएको छ ‘बरु यो दमन जारि रह्रयो भने प्रतिरोधात्मक विद्रोह हुने निश्चित रहेको  छ ।’

बिज्ञप्तीको पूर्ण पाठ हेर्नुस्

युरोप स्थित नेपाली जनप्रगतिशील मोर्चाको संयुक्त विज्ञप्ति

आस्थाका वन्दिहरुलाई विनासर्त तत्काल रिहा गर

हाम्रो संगठनले विगत लामो समयदेखि नेपालमा दलाल पुंजीवादी संसदिय व्यवस्था रहेसम्म नेपाली जनताले मुक्ति पाउन संभव छैन भन्ने कुरालाई जोडदार रुपमा उठाउँदै आएको छ । पुँजीवादी संसदिय व्यवस्थामा आएको विश्वव्यापी संकटको राजनैतिक निकास वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना हो भन्ने कुरामा हामी विश्वस्त छौं ।

नेपालमा दलाल तथा संसदिय व्यवस्थाको असफलता र यो व्यवस्थाका जनविरोधी कृयाकलापहरु राष्ट्रिय तथा अन्तर्रराष्ट्रिय रुपमानै उदांगो भएपछि यसलाई ढाकछोप गर्नका लागि नेपाल सरकारले स्थानिय निर्वाचनको नौटंकी रचेको छ । यो निर्वाचन औचित्यहिन छ र यसले आगामी दिनमा राष्ट्रियतालाई झन् कमजोर वनाउने,जनतन्त्र र जनजिवीकालाई झन कठिन वनाउने कुरा निश्चित छ । त्यसैले यो दलाल तथा संसदिय व्यवस्थाको अन्त्य गरि जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने नेपाली जनताको आन्दोलनमा हाम्रो संगठनको ऐक्यवद्धता रहने छ ।

यसै सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीले यो अर्थहिन निर्वाचन खारेज अभियान सन्चालन गरेको छ । यो अभियानमा देखिएको जनसहभागिता, निर्वाचन जित्नका लागि भएका संसदिय दलहरु विचको अप्राकृतिक गठजोड, त्यसका निम्ती वाह्य शक्तिको निर्देशन,देशैभरि एकै दिनमा निर्वाचन सम्पन्न गर्न नसकी सात क्षेत्र मध्य जम्मा तिन क्षेत्रमा राज्यका सबै सुरक्षा निकायको घेरावन्दीमा निर्वाचन गर्नुपर्ने वाध्यता आदि कुराहरुले यो निर्वाचन खारेज अभियानलाई झनै पुष्टि  गरेको छ । त्यसैले हामी नेपाल सरकारलाई यो चुनावी नौटंकीलाई खारेज गर्न आग्रह गर्दछौं ।

निर्वाचन खारेजीको यस शान्तिपुर्ण अभियान यो दलाल तथा संसदिय व्यवस्थाको चुनौतीको रुपमा खडा भएपछि यसलाई राजनैतिक रुपले हल गर्नतिर नलागी यो सरकारले नेकपाका नेता तथा कार्यकर्ताहरुलाई संकटकालको झल्को दिने गरि गिरफ्तार गर्ने, झुट्टा मुद्धा लगाउने, यातना दिने र केहिलाई वेपत्ता वनाउने,पक्राउ परेकालाई वलजफ्ती सुरक्षाकर्मीका हतियार समाउन लगाई झुट्टा मुद्धामा फसाउने, सुतिरहेका वालवालीकालाई समेत गिरफ्तार गर्ने, संचारकर्मीहरुलाई धम्क्याउने र गिरफ्तार गर्ने जस्ता कार्यको हामी घोर भत्सर्ना  गर्दछौं । वर्तमान नेपालको कानुनको समेत धज्जी उडाउँदै गरिएका यस्ता फासीवादी दमनले कसैको राजनैतिक आस्था र विस्वासलाई सिध्याउन सक्दैन । यो दमन जारि रह्रयो भने प्रतिरोधात्मक विद्रोह हुने कुरा निश्चित छ । त्यसैले हामी सरकारको यो फासीवादी कदमलाई तुरुन्त रोक्दै राजनैतिक आस्थाका आधारमा गिरफ्तार गरिएका सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाई विना सर्त तत्काल रिहा गर्न यसै विज्ञप्ति मार्फत जोडदार माग गर्दछौं ।

विष्णु भुजेल, अध्यक्ष, नेपाली जनप्रगतिशील , मोर्चा युरोप

राम बहादुर गुरुङ्ग, संयोजक, नेपाली जनजाति सरोकार मन्च, युरोप

मेख तमु, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

शेर वहादुर तुम्वापो, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी

वदन योङ्गहाङ्ग, अध्यक्ष, नेपाली जनजाती सरोकार मञ्च, वेल्जियम

इश्वर शर्मा, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, स्पेन

इन्द्र न्यौपाने, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, पोर्चुगल

बुद्दि तामाङ्ग, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, अष्ट्रिया

टि एन रिजाल, संयोजक, नेपाली जनप्रगतिशिल मोर्चा, बेलायत

तपाइँको प्रतिक्रिया