बेल्जियममा लाखौं मजदूरहरुको जुलुस, नेपाली जनप्रगतिशिल मोर्चापनि सडकमा

शेर बहादुर छन्त्याल / बेल्जियम
18236183_10212998687582552_983673076_o

पूँजीवाद नाफा कमाउने भोकाहरुको राज्यसत्ता भएको र यसले विश्वका जनतालाई जुनसुकै तवरबाट भेदभाव गरेकोले यसको अन्त्य गर्दै समाजवादी सत्ताको स्थापना नै विश्वको वर्तमान संकटको निकास हो’ भन्ने मर्ममा आयोजित ऱ्यालीमा नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमले भाग लिएको छ ।

18235800_10212998680342371_1009435820_o

18260776_10212998675142241_1509360857_o

मे एकका अवशरमा बेल्जियमको एन्टवेर्पन शहरमा आयोजित र्‍यालीमा हजारौं मजदुरहरु सहभागी भएका थिए । बेल्जियमको वामपन्थी दल वर्कस पार्टी, बेल्जियम समाजवादी दलहरु, मजदुर संगठन र संसाथहरुले संयोजन गरेको ऱ्यालीले विभिन्न समाजवादी नाराहरु घन्काउँदै शहर परिक्रमा गरेको थियो । मजदुर दिवसको भब्य जुलुसमा मोर्चाका सल्लाहकार लगायत पदाधिकरी तथा सदस्यहरुको उत्साहपूर्ण उपस्थिती थियो ।

18260941_10212998678262319_1108825908_o

18261230_10212998676902285_234287217_o

‘शान्ति,समानता,स्वाधिनता र सम्वृद्धिको लागि वैज्ञानिक समाजवादको मार्गमा अगाडि बढौं’ भन्ने व्यानर लिएर मोर्चाले उक्त ऱ्यालीमा सहभागी भएको हो । १२८ औं मजदुर दिवसको र्‍यालीलाई वर्कस पार्टी, बेल्जियमका अध्यक्ष पेटर मेर्टेन्सले सम्बोधन गरेका थिए ।

तपाइँको प्रतिक्रिया